एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा मंसिर दोस्रो सातादेखि सुरु हुन लागेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान र युवा संघले मंसिर ७ गते काठमाडौंमा गर्ने प्रदर्शनबारे छलफल हुने जनाइएको छ ।

एमालेको भातृ संगठन युवा संघले महँगी, भ्रष्टाचार र सबै किसिमका अराजकताविरुद्ध भन्दै काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्दै छ । यसैगरी मंसिर १४ गतेदेखि दार्चुलाको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमालले अभियान सुरु गर्ने तयारी गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?