नवजात शिशुको मृत्युपछि सेती प्रादेशिक अस्पतालमा घेराउ

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

धनगढी । नवजात शिशुको मृत्यु भएपछि आफन्तले सेती प्रादेशिक अस्पताल घेराउ गरेका छन् ।

चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरेका हुन् । मंगलबार राति धनगढी उपमहानगरपालिका-९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका हुन् ।

चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै कारबाही र क्षतिपूर्तिको माग राखेर आफन्तले अस्पताल घेराउ गरेका हुन् । आन्दोलनमा उत्रिएका आफन्तले शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?