महिला लखेटिएकोबारे युवा संघले भन्यो : घुसपैठ भएको हुनसक्छ, छानविन गर्छौं

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालेको युवा संगठन युवा संघ नेपालले गए राति दुर्गा प्रसाईंको कार्यक्रममा सहभागी हुन काठमाडौं आएका महिलाहरूलाई होटलबाट लखेटेको घटनामा अराजक घुसपैठ भएको हुनसक्ने बताएको छ ।

मंसिर ७ गते आयोजना गरिने युवा-विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठ आशंका गर्दै संगठनका अध्यक्ष क्षितिज थेवेले आन्तरिकरूपमा छानबिन समेत गरिरहेको बताउनु भएको छ ।

गए राति काठमाडौंको एक होटलबाट महिलाहरूलाई युवा संघका कार्यकर्ता हौँ भन्दै लखेटिएको भिडियो सार्वजनिक भएको थियाे । तर, युवा संघले महिलाहरूमाथि यस्ताे हर्कत नगर्ने बताउँदै आफूहरुले त्यस घटनाको विषयमा छानविन गरिरहेको भन्दै विज्ञप्ति जारी गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै अध्यक्ष थेवेले भन्नुभएकोछ, ‘मंसिर ७ गते आयोजना गरिने युवा-विद्यार्थी विशेष कार्यकमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुसपैठी समूहले हाम्रो संगठनको नाम बदनाम गराइरहेको आशंका हामीले गरेका छौँ, घुसपैठबारे हामीले आन्तरिकरूपमा छानबिन गरिरहेको व्यहोरा जानकारी गराउँदछौँ । यस्ता खालका कुनैपनि गतिविधि गर्ने योजना आयोजकको नरहेको र हाम्रा तर्फबाट यस्ता गतिविधि नगरिएको जानकारी गराइन्छ ।’

साथै विज्ञप्ति मार्फत युवा संघले भोलि तिनकुनेमा हुने युवा–विद्यार्थी विशेष कार्यकममा सहभागी हुन आह्वानसमेत गरेको छ ।

भिडियोमा दुर्गा प्रसाईंको कार्यक्रममा किन आएको भन्दै होटलबाट महिलाहरूलाई लखेटिएको देखिन्छ । महिलाहरूले कपडा त लगाउन दिनुस् भन्दा पनि उनीहरूलाई धपाइएको भिडियामा देखिन्छ ।

उक्त घटनाको यति बेला सामाजिक सञ्जालमा व्यापक ओलोचना भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?