महालक्ष्मी २८औँ वर्षमा

Read Time = 1 min

काठमाडौं । महालक्ष्मी विकास बैंक २८औँ वर्षमा प्रवेश गरेको छ । जेठ महिनालाई वार्षिकोत्सव महिनाका रूपमा मनाउने तयारीअनुसार बैंकले देशैभरि छरिएर रहेका एक सय तीन शाखाबाट करिब छ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ । २८औँ वार्षिकोत्सव अवसरमा बैंकले आफ्ना एक सय तीनवटा शाखामा विभिन्न सामाजिक हितका कार्यक्रमहरू आयोजना गरेको छ ।

एक शाखा एक वृक्ष, हाम्रो जिम्मेवारी भन्ने मूल नाराका साथ हरेक शाखामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । साथै बैंकले आफ्ना ३३ शाखाबाट रक्तदान कार्यक्रम पनि सञ्चालन गरेको छ ।

त्यस्तै बैंकले काठमाडौं उपत्यकामा रहेका शाखाका कर्मचारीको सहभागितामा वित्तीय साक्षरताका लागि प्रभातफेरी गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?