काठमाडाैं । झापा, दाङ र बाँकेबाट बलात्कार आराेपमा पाँचजना पक्राउ परेका छन् । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाकाे मेचिनगर नगरपालिका-३ बस्ने इलाम रोङ गाउँपालिका-६ स्थायी वतन भएका २० वर्षीय दिपेश प्रधानलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानले ती बालिकालाई सोमबार राति सोही नगरपालिका-३ किरात मार्ग टोलस्थित सुपाडी बगानभित्र झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङकाे घोराही उपमहानगरपालिका-१५ बस्ने ३१ वर्षीय सुवास पुलामीलाई प्रहरीले पक्राउ गरेको छ । पुलामीले ती महिलालाई विवाह गर्छु भनी ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बाँकेकाे २० वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका-१ जलपोखरी बस्ने २० वर्षीय युवराज राना, २० वर्षीय समिर थापा र २२ वर्षीय प्रबिण थापा रहेका छन् ।
युवराज, समिर, प्रबिण र जानकी गाउँपालिका-२ चौधरीपुर बस्ने २० वर्षीय सन्देश थापा क्षेत्रीले ती महिलालाई सोही गाउँपालिका-१ जलपोखरीस्थित अरहरी बारीमा लगि कात्तिक ३० गते पालै पालो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूमध्ये तीन जनालाई पक्राउ गरेको हो । हाल फरार सन्देश थापा क्षेत्रीको प्रहरीले खोजी गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच