
लण्डन । फिफा विश्वकप २०२६ दक्षिण अमेरिकी अर्थात् कन्मेबोल छनोटअन्तर्गतको खेलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । अर्जेन्टिनाले बुधबार ब्राजिलमाथि १-० को जित निकालेको हो । घरेलु मैदानमा विश्वकप छनोटमा पहिलो हार बेहोरेको ब्राजिलविरुद्ध अर्जेन्टिनी रक्षक निकोलास ओटामेन्डीले खेलको एकमात्र गोल गर्नुभयो ।
दोस्रो हाफको ६३औँ मिनेटमा भने अर्जेन्टिना गोल गर्न सफल भयो । जियोभानी लो सेल्सोको कर्नरमा हेडर गोल गर्दै ओटामेन्डीले खेलको एकमात्र गोल गर्नुभयो । ८१औँ मिनेटमा ब्राजिल १० जनामा सीमित भएको थियो । जोलिंगटनले रोड्रीगो डे पलमाथिको फाउलका लागि सोझै रातो कार्ड पाएपछि ब्राजिलले खेलको अन्तिम १० मिनेट १० जनाले खेल्नुपरेको थियो ।
यस्तै कन्मेबोल छनोटअन्तर्गत भएका अन्य खेलमा उरुग्वे, कोलम्बिया र इक्वेडर पनि विजयी भएका छन् । उरुग्वेले बोलिभियामाथि ३–० को जित निकालेको हो । यस्तै कोलम्बियाले पेरुमाथि र इक्वेडरले चिलीमाथि समान १–० को जित निकाले । पेरू र भेनेजुएलाले भने १–१ को बराबरी खेले । छनोटअन्तर्गत छ चरणका खेलहरू सकिँदा अर्जेन्टिना १५ अंकसहित शीर्ष स्थानमा छ । यस्तै उरुग्वे १३ अंकसहित दोस्रो स्थानमा छ ।
कोलम्बिया १२ अंकसहित तेस्रो, भेनेजुएला ९ अंकसहित चौथो र इक्वेडर ८ अंकसहित पाँचौँ स्थानमा छ । ब्राजिल भने ७ अंकका साथ छैटौँ स्थानमा छ । पाराग्वे, चिली, बोलिभिया र पेरुको क्रमशः ५, ५, ३ र २ अंक छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच