काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विगतमा राष्ट्र बैंकले लिएको लचिलो मौद्रिक नीतिले शेयर बजार अप्राकृतिक रुपले बढेको टिप्पणी गर्नुभएको छ ।
बिहीवार काठमाडौंमा भएको राष्ट्रिय कर दिवस समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले कोभिडको समयमा कर्जा प्रवाह गर्न राष्ट्र बैंक मौद्रिक नीति सहज बनाउँदा नेपालको शेयर बजार र घरजग्गाको कारोबार अधिक वृद्धि भएको भन्दै त्यसको असर अहिले अर्थतन्त्रमा परेको दाबी गर्नुभयो ।
उहाँले नेपाल राष्ट्र बैंकले पहिले लिएको लचिलो मौद्रिक नीतिले अनावश्यक ठाउँमा धेरै ऋण प्रवाह भएको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय मौद्रिक नीति सहज हुनुपर्ने समयमा भने मौद्रिकमा कडाई गर्दा पनि अर्थतन्त्रमा केही असहजता भएको दाबी गर्नुभयो । उहाँले मौद्रिक नीति सहज हुँदा बैंकबाट प्रवाह भएको कर्जा घरजग्गा कारोबार अनावश्यक रुपले वृद्धि भएको बताउनु भयो ।
उहाँले गत सालको भन्दा तेब्बर हुने आशले बैंकबाट ऋण लिएर जग्गा र टावरहरुमा पैसा लगाएकाले अहिले अर्थतन्त्रमा समस्या देखिएको बताउनु भयो । अर्थमन्त्री महतले अब निजी क्षेत्रले विगतको पाठ सिकेर प्रतिफल नआउने क्षेत्रलमा तत्कालका लागि लगानी नगर्न आग्रह गर्नुभयो ।
उहाँले सरकारले पनि प्राथमिकताका क्षेत्रमा मात्रै लगानी गर्न आवश्यक रहेको बताउनु भयो । अर्थमन्त्री महतले अहिलेको अर्थतन्त्रको समस्या आत्मविश्वासको अभाव भएको भन्दै कुनै एक व्यक्ति डुब्दैमा देशै डुब्छ भन्न नमिल्ने बताउनु भयो । उहाँले अर्थतन्त्रमा आजको आजै समस्या नआएको भन्दै अब सकारात्मकतर्फ अगाडि बढेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘सूचना क्रान्तिको युगमा हामी छौं । हिजो चार जनाको बीचमा रहेको कुरा सय जनामा पुग्न सक्थ्यो होला ? अहिले कसैसँग कुरा नगरी सामाजिक सञ्जालमा कुनैपनि सत्य वा असत्य कुरा सहज रुपमा संसारभरी फैलन सक्छ । नियोजित वा प्रायोजित रुपमा केही लगनाी गरेर एउटा जथाले निश्चित उद्देश्यले प्रभावित गर्ने काम भएको छ । हरेकको स्मार्ट फोन प्रतिक्यापिटल दक्षिण एशियामा उच्च छ । आफ्नो पेट काटेर पनि नेपालीहरुले स्मार्ट फोन प्रयोग गर्छन् । फोनमा आज पनि त्यही आएको छ । भोलि पनि त्यही आएको छ । २४ घण्टा एउटै विषय आउँदा त्यसले नकारात्मक मानसिकता मात्रै सुनिन्छ । देश खराब छ । यो देशमा केही हुँदैन । सत्ता खराब छ । सरकारले केही गर्दैन भन्ने भ्रमपूर्ण प्रचार त्यहाँबाट भएको छ । जसले आफ्नो दाहित्व पूरा गरेको छैन । जनताको बचत भएको पैसा बैंकबाट ऋण लिएर खुलेआम तिर्दिन र कसैले तिर्नुर्दैन भन्नेको प्रवृत्तिले स्थान पाइरहेको छ । अर्थतन्त्रमा अहिलेको समस्या भनेको मनोबल कमजोरको हो । कहिले कहीँ लगानी डुब्छ । गलत लगानी गर्दा डुब्छ तर एक जना व्यक्ति डुब्दैमा देश नै डुब्छ भन्ने होइन । निजी क्षेत्रले स्वीकार गरको कुरा सहज मौद्रिक नीतिमार्फत कर्जा प्रवाह धेरै भएको हो । त्यसमा राज्यले लगानी गर्दा प्राथमिकता नभएको क्षेत्रमा लगानी गर्यो । दिगो रुपमा प्रतिफल नआउने क्षेत्रमा भएको हो । मौद्रिक नीति सहजताबाट बैंकबाट प्रवाह भएको ऋण सहज रुपमा पाइएको छ । प्रतिफल आइहाल्छ । जग्गाको मूल्य बढेको बढै छ फेरि बढ्छ । पोहोर साल डब्बल भएको थियो अर्को वर्ष डब्बल नै होला । लगानी त्यहाँ गर्छु । भनेर घरजग्गामा लगानी भएको हो । शेयर पनि अप्राकृतिक रुपमा बढेकै हो । क्रिप्टोमा पनि अनुसन्धान भइरहेको छ त्यहाँ पनि लगानी भएको हो । यसबाट हामीले पाठ सिक्नुपर्छ । निजी क्षेत्रको नेतृत्वले दिगो रुपमा प्रतिफल आउने क्षेत्रमा लगानी गर्न आवश्यक भएको छ । आँखा चिम्लिएर बैंकबाट लिएको कर्जा जथाभावी लगानी गर्न भएन ।’
उहाँले समाजमा नकारात्मक सन्देश फैलाउन अहिले सामाजिक सञ्जाल प्रयोग भइरहेको बताउनु भयो । अर्थमन्त्री महतले निश्चित नियत राखेर केही जत्थाले नकारात्मकता फैलाइरहेको बताउनु भयो । उहाँले नकारात्मक कुरा लगानी गरेर सामाजिक सञ्जालका माध्यमबाट धेरै जनामा पुर्याउने काम भएको बताउनु भयो । उहाँले नेपालीहरु आफ्नो पेट काटेर पनि स्मार्ट फोन चलाउने गरेको बताउनु भयो । उहाँले अहिले दक्षिण एशियामै प्रतिव्यक्ति स्मार्ट फोन चलाउनेमा नेपाल अग्रस्थानमा रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच