असहज परिस्थितिमा प्रदेश सरकारले भूमिका देखाउनु पर्छ : गगन थापा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीमा आउनु भएका नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले असहज परिस्थितिमा प्रदेश सरकारले बलियो कदम चाल्नु पर्ने बताउनु भएको छ ।

जाजरकोटका भूकम्प प्रभावितहरुलाई अस्थाई टहरा बनाउने कुरामा त्यहाँको प्रदेश सरकारको भूमिका महत्वपूर्ण हुनुपर्ने उहाँले बताउनु भयो ।

पश्चिम् नवलपरासीको बर्दघाट, भुमहीमा कार्यकर्ता भेटघाटका क्रममा बोल्दै महामन्त्री थापाले प्रदेश सरकारले सधै संघको मात्र मुख ताकेर बस्न नहुने बताउनु भयो । 'जाजरकोटको भुकम्पले त्यहाँका नागरिक दैनिकी कठिन छ प्रदेश सरकार यस्तो बेलामा संघले त्रिपाल कहिले पठाउछ भनेर बस्ने होइन' थापाले भन्नुभयो । नागरिकलाई संघियता यस्तै बिपद र असहज परिस्थितिमा नै चाहिने हुदा त्यसको अभ्यास गर्नु पर्ने थापाले बताउनु भयो ।

ूएकहप्ता सम्म सबैको ध्यान जाजरकोटमा थियो हिजो आज सबैको ध्यान काठमाडौको सडकमा के भैरहेको भन्ने छ, त्यसैले प्रभावितलाई अस्थाई आवास बनाउने काममा बिलम्ब नगरौंूमहामन्त्री थापाले भन्नू भयो ।तिनै तहका सरकारका प्रतिनिधि सुर्खेतमा भेला भएर आपसी समन्वयमा प्रदेश योजना आयोगलाई काममा खटाएर आवास निर्माणकार्यलाई तिब्रता दिनुपर्ने धारणा ब्यक्त गर्नु भयो ।

यस बिषयमा काठमाडौ फर्किए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेर भुकम्प पिडितका लागि निर्णय भएको रकम बिलम्ब नगरी पठाउन अनुरोध गर्ने महामन्त्री थापाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?