काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र जनताले काम नलाग्ने भनेर फ्याँकेको राजतन्त्र मान्ने टिप्पणी गर्नुभएको छ।
शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गर्नु भएको हो ।
नागरिक सर्वोच्चता स्वीकार नगर्ने, एउटा व्यक्तिमा सार्वभौमसत्ता हुनुपर्छ भन्ने कुरा चेतना नभएर मुर्खता भएको उहाँले बताउनु भयो । उहाँले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने बताउँदै नेपालमा राजतन्त्र काम लाग्दैन भनेर जनताले फालेको बताउनु भयो ।
‘कठैबरी, नागरिक सर्वोच्ता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपुर्छ भन्ने पनि चेतना हो र ? त्यो त मूर्खता हो ।’ उहाँले भन्नुभयो । 'यो देशमा २० सालभन्दा अगाडिसम्म एउटा बाटो नबन्नुको कारण के ? अनि विकास हुनै नसक्नुको कारण के ?' उहाँले प्रश्न गर्नुभयो ।
२४० वर्षसम्म नेपालमा राजाहरुले केही पनि नगरेको बताउँदै उहाँले देश विकास नहुनुका पछाडि राजतन्त्र नै जिम्मेवार रहेको दाबी समेत गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच