काठमाडौंं । जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स भारतको मुम्बईस्थित होटल ताज ल्यांड्स इंड्समा आयोजित चौथो आइसिसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ तथा अवार्ड २०२३ समारोहमा सम्मानित भएको छ । बिहीबार इण्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित कार्यक्रममा अवार्ड प्रदान गरिएको हो ।
कम्पनीद्वारा गरिएको दाबी भुक्तानीको अनुपात, चुक्तापुँजी, प्रथम बिमा शुल्क आर्जन र कम्पनीद्वारा प्रशिक्षणमा गरिएको लगानीलगायतका मापदण्ड मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको हो । कम्पनीका अनुसार उक्त अन्तर्राष्ट्रिय सम्मान कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले ग्रहण गर्नुभएको थियो ।
चौथो आइसिसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ तथा अवार्ड २०२३ पिडब्लुसी भारतको सहकार्यमा गरिएको हो । सो अवसरमा एसियन राष्ट्रहरू भारत, नेपाल, श्रीलंका, थाइल्याण्ड, भुटान, म्यानमार र माल्दिभ्सबाट बिमा क्षेत्र विज्ञको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच