काठमाडौं । नेपाली सिनियर टोलीका युवा अल राउण्डर गुल्शन झा नेपालको यू-१९ टोलीसँग आबद्ध हुनुभएको छ । एसिया कपका लागि गुल्शन यू-१९ टोलीको बन्द प्रशिक्षणमा जोडिनुभएको हो । यू-१९ टोली त्रिवि क्रिकेट मैदानमा अभ्यासरत् छ । यू-१९ ले नेपालको सिनियर टोलीसँग तीन अभ्यास खेलसमेत खेलेको छ । यू-१९ टोलीको प्रशिक्षणमा हाल २६ खेलाडीलाई बोलाइएको छ ।
गुल्शन टोलीमा फर्किंदा नेपाली यू-१९ टोली मजबुत बनेको छ । उहाँले २०२१ मा नेपालबाट यू-१९ एसिया कप खेल्नुभएको थियो । गत वर्ष आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटका लागि सुरुमा गुल्शनलाई कप्तान बनाइएको थियो । तर, सिनियर टोलीको खेलका कारण उहाँले यू-१९ का खेलहरू खेल्नुभएन । गुल्शनले नेपालबाट २४ ओडिआई र १४ टी-२० आई खेल खेल्नुभएको छ । गुल्शनले तल्लोक्रममा राम्रो ब्याटिङका साथै तीव्र गतिमा बलिङ गर्नुहुन्छ । बायाँ हाते ब्याटर हुँदा उहाँले तेस्रो नम्बरमा पनि खेल्दै आउनुभएको छ ।
उहाँसँग आइसिसी विश्वकप लिग २, विश्वकप छनोट, एसिसी प्रिमियर कप, एसिया कप, एसिसी इमर्जिङ टिम्स एसिया कप र आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट जस्ता प्रतियोगिता खेलेको अनुभव छ ।
यू-१९ एसिया कप ८ देखि १८ डिसेम्बरसम्म युएईमा हुनेछ । समूह ‘ए’ मा नेपाल, पाकिस्तान, अफगानिस्तान र भारत छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, युएई र जापान छन् । नेपालले पहिलो खेल आठ डिसेम्बरमा पाकिस्तानसँग आइसिसी एकेडेमी ओभल २ मा खेल्नेछ । नेपालले दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग खेल्नेछ ।
नेपालले समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा भारतसँग खेल्नेछ । सेमिफाइनल १५ डिसेम्बरमा हुनेछ । फाइनल १७ डिसेम्बरमा हुनेछ । यू-१९ विश्वकप २०२४ जनवरी १३ देखि ४ फेबु्रअरीसम्म श्रीलंकामा चल्नेछ । नेपाल, अफगानिस्तान, पाकिस्तान र न्युजिल्याण्ड समूह ‘डी’ मा छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच