शनिबार साँझ काठमाडौंमा गुन्जिए अरिजित सिंह, दर्शकको बाक्लो उपस्थिति

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौँ । भारतीय गायक अरिजित सिंहको एक कन्र्सट शनिबार काठमाडौंको हायात होटल बाहिरको चौरमा सम्पन्न भयो । पहिलो पटक नेपालमा उनको कन्सर्ट थियो । उनको कन्सर्ट हेर्न आउने दर्शकको उपस्थिति भने बाक्लो देखिन्थ्यो । आयोजकले १५ हजार टिकट विक्री गर्ने दाबी गरेको थियो। तर कार्यक्रम क्षेत्रभित्रै २० हजार बढी प्रवेश गरिसकेका थिए। बाहिर ५ हजार बढी दर्शन थिए।

दिउँसै कार्यक्रमस्थल आएर अरिजितले मञ्चको अवलोकन गरे साउन्ड सिस्टम परीक्षण गरे। मञ्चमा हिँड्दा उनी खुट्टा खोच्याइरहेका थिए। उनको हिँडाइले उनी स्वस्थ छैनन् भन्ने देखाइरहेको थियो।

पाँच बजे कन्सर्ट सुरु भयो। तर टिकट काउन्टर र बाहिर दर्शकको बाक्लो लाइन थियो। टिकट नकाट्ने तर कन्सर्ट हेर्न मन गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका पहुँचवालाहरूको आफन्तको भिड छुट्टै। पाँच बजेका लागि दुई बजेबाटै कार्यक्रमस्थलमा छिराउन थालेका थिए आयोजकले। तर पाँच बज्दा समेत टिकट भएकाहरू समेत भित्र छिर्न पाएका थिएनन्।

हायात होटेलको पश्चिमतिरको खाली चौरमा कार्यक्रम राखिएको थियो। चौर घना आवादीको बिचमा थियो। वरिपरिका घरका छत अनि रेस्टुरेन्टका टेबल बुक भइसकेका थिए। अरिजित सिंहलाई सुन्न त गाह्रो थिएन। सडकमै उभिएर पनि सुन्न सकिन्थ्यो। तर हेर्न चाहनेहरू पनि थिए जो न टिकट काट्न सके न वरिपरिको घर अनि रेस्टुरेन्टमा पुग्न सके।

उनीहरू हायात होटेलको पर्खालमाथि बसेर अरिजित देखिन्छन् कि भनेर चियाउन थाले। भिड बिस्तारै बढ्दै जाँदा पर्खाल वरिपरि पाँच हजार जतिको सङ्ख्या भइसकेको थियो। सडकमा ट्राफिक थिए, नेपाल प्रहरी र सशस्त्र प्रहरी कार्यक्रम परिसरमै थिए। आयोजकले राखेको सुरक्षा गार्डहरू अधिकांश मुख्य मञ्च वरपर थिए। भिआइपी कोटाका दर्शक थिए।एजेन्सीको सहयोगमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?