काठमाडौं । वसन्तपुरमा लैङ्गिक हिंसाबिरुद्ध सचेतनामुलक कला प्रदर्शनी गरिएको छ ।
आईतवार महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसाबिरुद्ध सचेतनामुलक कला प्रदर्शन गरिएको हो । वन क्षेत्रमा हुने लैङ्गिक हिंसाबिरुद्ध प्रदर्शन गरिएको थियो । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शनिवारदेखि शुरु भएको हो । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतना बिस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा बिरुद्धको राष्ट्रिय अभियान दिवसका रुपमा मनाउने गरेको छ ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियानमा आज वसन्तपुरमा सचेतनामुलक नाटकको रुपमा लैङ्गिक हिंसा बिरुद्ध कसरी अघि बढ्ने, कसरी न्युनिकरण गर्ने भन्ने बारेमा सचेतना फैल्याएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले १६ दिने लैङ्गिक हिंसा बिरुद्धको अभियान निरन्तर रुपमा गरिरहेका छौँ । आज हामीले वसन्तपुरमा सचेतनामुलक नाटकको रुपमा लैङ्गिक हिंसा बिरुद्ध कसरी अघि बढ्ने, कसरी न्युनिकरण गर्ने भन्ने बारेमा सचेतना फैल्याएका छौँ । लैङ्गिक हिंसाको अन्त्यको कुरा गरिरहँदा हामीले उपस्थितिमा कुन अवस्था छ, त्यसैगरी छलफल, निर्णय, कार्यान्वयन र लाभ वितरणमा लैङ्गिक हिसावले प्रभावकारी बनाउने बारेमा अघि बढीरहेका छौँ ।’
त्यस्तै सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी महासचिव पार्वता गौतमले देशव्यापी रुपमा १६ दिने अभियान मनारहेको र सामुदायिक वनमा भएका लैङ्गिक हिंसाका बारेमा सचेतनामुलक कार्यक्रम गरेर देखाइएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले देशव्यापी रुपमा १६ दिने अभियान मनारहेका छौँ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई हामीले हरेक साल विभिन्न कार्यक्रमका साथ मनाउने गर्दछौँ । सामुदायिक वनमा भएका लैङ्गिक हिंसाका बारेमा के काम गर्छौं भन्ने १६ दिनको कार्यतालिका बनाएर देशव्यापी रुपमा मनाएका छौँ ।’
उहाँले १६ दिनको कार्यतालिका बनाएर देशव्यापी रुपमा विभिन्न सचेतना फैल्याउने काम गरिरहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच