
काठमाडौं । गत साता निरन्तर घट्दोक्रममा रहेको सेयर बजार यस साताको पहिलो भने उच्च अंकले बढेको छ । आइतबार सेयर बजार ४७.७५ अंक बढेर १,९०७.९५ अंकमा पुगेको हो । ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ७.८३ अंक बढेर ३६४.८१ अंकमा पुुगेको छ । यस दिन दुई सय ९४ कम्पनीका ६५ लाख ३० हजार छ सय ४३ कित्ता सेयर दुई अर्ब एक करोड १७ लाख ६३ हजार रुपैयाँमा कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार कारोबारमा आएका दुई सय १४ कम्पनीको सेयर मूल्य बढेको छ । २३ कम्पनीको घटेको छ । तीन कम्पनीको स्थिर रहेको छ । दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । छ्याङ्दी हाइड्रोपावर र भगवती हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यस्तै विजय लघुवित्तको सेयरमूल्य ९.९९, स्वरोजगार लघुवित्तको ९.८९ र रावा इनर्जीको ९.८८ प्रतिशतले बढेको छ भने पाँच कम्पनीको सेयरमूल्य नौ प्रतिशतभन्दा बढीले बढेको छ । कारोबारमा आएको इन्फिनिटी लघुवित्तको सेयरमूल्य सबैभन्दा बढी २.४७ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको सोनापुर मिनरल्सकोे ११ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सात करोड ५६ लाख, नबिल बैंकको सात करोड ३७ लाख, सिटिजन्स लाइफ इन्स्योरेन्सको छ करोड ३४ लाख र आइएमई लाइफ इन्स्योरेन्सको पाँच करोड ९८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस दिन १३ वटै समूहको परिसूचक बढेकोमा जीवन बिमा समूहको परिसूचक सर्वाधिक ४.४४ प्रतिशत बढेको छ भने वित्त, जलविद्युत्, उत्पादन तथा प्रशोधन, निर्जीवन बिमा र व्यापार समूहको परिसूचक तीन प्रतिशतभन्दा बढी बढेको छ । विकास बैंक र लघुवित्त समूहको परिसूचक पनि दुई प्रतिशतभन्दा बढी बढेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच