काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एनसिएचएलसँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर ल्याएको छ । अफरअन्तर्गत हरेक तीन भाग्यशालीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एनआइएमबी स्मार्ट एपबाट कनेक्ट आइपिएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा एक/एक थान स्मार्टफोन जित्न सक्नेछन् ।
अफर पुस ९ गतेसम्म लागू हुने बैंकले जनाएको छ । एनआइएमबी स्मार्ट एपमा उपलब्ध कनेक्ट आइपिएसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने तीनजना प्रयोगकर्तालाई अफरको अन्त्यमा विजेता घोषणा गरिने बताइएको छ । मोबाइल बैंकिङबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपिएस एक न्यूनतम शुल्क लाग्ने सजिलो माध्यम भएको बैंकले जनाएको छ ।




Good job