दुर्गा प्रसाई नेतृत्वको आन्दोलनको पूर्वसन्ध्यामा पूर्वी नेपालबाट आएका महिलाहरूलाई राती सुतिरहेको वेलामा एमालेको भ्रातृ संगठन युवा संघका केही लडाकुहरू उनीहरू बसेको होटलमा पसी गाली बेइज्जती गर्दै कुटपिट गरेछन् । यसले एमाले कुनै राजनीतिक संस्कार भएको दल नभएर गुण्डाहरूको एउटा संगठन भएको प्रमाण दिन्छ । सुतिरहेका नारीहरूमाथिको दुव्र्यवहार हाम्रो सभ्यता र संस्कृतिविरुद्धको हो । यसलाई राक्षसी पारा भनिन्छ न कि राजनीति । सीता हरणपश्चात् विहृवल राम सीतालाई खोज्दै लक्षमणसँग वनमा भौँतारिरहेका थिए । कहिले कुनै पशुलाई सोध्थे त कहिले कुनै पक्षीलाई र कहिले वृक्षलाई, के तिमीले मेरी सीतालाई देखेका छौं ?
यसरी सीतालाई खोज्ने क्रममा उनले भूमिमा घाइते रक्तरञ्जित जटायुलाई देख्छन् । रामलाई देख्ने बित्तिकै जटायुले भने, आऊ राम, मेरो प्राणले तिम्रै बाटो हेरिरहेको थियो । राम र लक्ष्मण दगुर्दै जटायु समीप पुग्छन् । राम भूमिमा बसेर जटायुको शिर आफ्नो काखमा राख्छन् र आफ्नो अंगवस्त्रले उनको शरीरको रक्त पुछ्न थाल्दछन् । जटायु हाँस्दै भन्छन्, हुन देऊ राम, यो मेरो आभूषण हो । पुत्री सीताको रक्षाको लागि लड्दा प्राप्त प्रसाद हो यो । मेरी सीतालाई देख्नुभएछ, रामले सोधे । कोसँग युद्ध गर्नुप¥यो तपाईले ? कसले बनायो तपाईंको यस्तो दशा ? भन्नु होस् गिद्धराज ।
भक्तपुरमा मध्यराति नारीहरूसँग गरेको दुव्र्यवहारमात्र होइन यिनीहरूले नेपाल आमासँग पनि सीमा नाघ्ने गरी दुव्र्यवहार गरेका छन्, आमाको अस्मितासँग खेलेका छन् । सडकमा हिँडिरहेका त्रीयासी वर्षीय वृद्धलाई पनि छोडेनन् । दौरा-सुरुवाल र ढाका टोपी लगाउने जतिलाई समातेर प्रहरी खोरमा जाकेछन् ।
लंकाधिपति रावणले । उसैले पुत्री सीताको हरण गरेको छ । उसले उनलाई लिएर दक्षिण दिशातिर गएको छ, सम्भवतः आफ्नो लंकामा । म तपाईंलाई यही भन्न खोजिरहेको थिएँ पुत्र । रामको अनुहारमा चिन्ताको रेखाहरू झन गहिरा भए । उनले केही सोचेर भने, तपाईले ऊसँग किन युद्ध गर्नु भयो ? तपाईंलाई थाहै थियो कि ऊ धेरै बलशाली छ, किन यसरी प्राण दिन उत्रिनु भयो ? जटायुले हाँस्दै भने, मलाई थाहा थियो कि रावणसँग लड्नुको अर्थ आफ्नो मृत्यु हो तर मलाई यो मृत्यु ठीक लाग्यो ।
यो सभ्यता र धर्मको युद्ध हो राम, यसलाई रोकेर रोकिँदैन । तटस्थताको स्वाङ पार्ने मुर्खहरूलाई पनि थाहा छ, अत्याचारी राक्षसहरूसँग युद्धको दिन निकट छ । उनीहरूसँग युद्ध नगरे उनीहरूले हामीलाई खाइसक्नेछन्, सभ्यता र धर्म नष्ट हुनेछ । अब यो युद्धको हवनकुण्डमा कसैले त प्रथम आहूति दिनु नै पर्ने थियो, त्यसैले मैले दिएँ । भविष्यले स्मरण राख्नेछ कि रामको कालखण्डमा धर्मका लागि सबैभन्दा पहिला बलिदान जटायुले दिएको थियो । यो शरीरको यसभन्दा राम्रो उपयोग अरू के हुन सक्थ्यो र राम ?
सत्ताको युद्ध बर्बरताले जिते पनि राम, धर्म र सभ्यताको युद्ध बलिदानले जितिन्छ । त्यसलाई कसैले पराजित गर्न सक्दैनन् । तिमी अगाडि बढ र नाश गर यो बर्बर असभ्यतालाई र धर्मको रक्षा गर । मानवहरूको झुण्ड जो नारीहरूको सम्मान गर्दैनन् उनीहरूको नाश हुनु नै उचित छ । एउटी सीताको हरण नै स्वयं यति ठूलो अपराध हो कि सम्पूर्ण राक्षस जातिलाई समाप्त गर्नुको विकल्प छैन । जटायुको शिर गर्वले ठाडो हुन्छ । रामको रौं रौं पुलकित भयो । उनको आँखामा जल भरिएर आयो । उनी चुपचाप जटायुको शिर मुसार्न लागे । रामको आँखामा अश्रु देखेपछि जटायुले भने, मेरो मृत्युको शोक नगर राम बरू गर्व गर ।
गर्व गर कि तिम्रो कालमा यस्ता मान्छे पनि छन् जो निःशस्त्र भएर पनि रावणजस्तो शक्तिशाली योद्धासँग टक्कर लिन सक्छ । गर्व गर कि तिम्रा मानिसहरू अहिले पनि धर्मको रक्षाका लागि लड्छन्, कसैलाई लुट्नका लागि होइन । गर्व गर कि तिम्रा मानिसहरू बलिदान दिन बिर्सेका छैनन् । मेरो मृत्युमा शोक नगर पुत्र । रामको पाखुरा कठोर भयो, नसाहरू फर्फराउन थाले । उनले भने, तपाईंको वृद्ध शरीरमा गरेको एक एक प्रहारको मूल्य रावणलाई चुकाउनुपर्नेछ । राक्षसहरूको अत्याचार चरम सीमामा पुगिसकेको छ, अब तिनीहरूको नाश हुनेछ ।
समयले देख्ने छ, धर्मको एउटा योद्धा राम एक्लैले समस्त अत्याचारीहरूलाई दण्ड दिनेछ । मलाई यति मात्र पीडा छ कि तपाईंले मेरा लागि प्राण दिनुपर्यो । यस्तो नभन राम, जबसम्म जटायु मर्दैन तबसम्म धर्म तथा सभ्यताले राम पाउँदैन । रामलाई पाउनका लागि कुनै न कुनै कालखण्डमा जटायुलाई मर्नै पर्छ । यो पनि सत्य हो बाँच्नेहरू सबै एक न एक दिन मर्नै पर्छ तर जो लडेर मर्छ ऊ अमर हुन्छ । जटायुले प्राण त्याग्छन् ।
अहिले इसाई बने पनि, ब्राहृमण कुलमा जन्मेका ओली हुन् वा दाहाल, उनीहरूलाई अल्प मात्रामा भए पनि आफ्नो पितापुर्खाबाट धर्मसम्बन्धी ज्ञान प्राप्त भएकै हुनुपर्छ । ओली त बेला बेलामा अल्पमात्रामा भए पनि धर्म, संस्कृतिको कुरा गर्छन् । तर व्यवहारमा यी दुवैमा राक्षसी प्रवृत्ति छ र आफ्ना अनुचरहरूलाई पनि यिनीहरूले राक्षसी प्रवृत्ति नै सिकाएका छन् । देउवा क्षेत्रीको छोरा हुन्, उनले पनि बाल्यकालमा भए पनि आफ्नो बा र बाजेबाट धर्मको ज्ञान प्राप्त गरेकै होलान् तर प्रवृत्ति असल छैन । नेपाली जनता राक्षसी प्रवृत्ति भएका शासकवर्गबाट चरम शोषण र दमनमा परेका छन् ।
भक्तपुरमा मध्यराति नारीहरूसँग गरेको दुव्र्यवहारमात्र होइन यिनीहरूले नेपाल आमासँग पनि सीमा नाघ्ने गरी दुव्र्यवहार गरेका छन्, आमाको अस्मितासँग खेलेका छन् । सडकमा हिँडिरहेका त्रियासी वर्षीय वृद्धलाई पनि छोडेनन् । दौरा सुरुवाल र ढाका टोपी लगाउने जतिलाई समातेर प्रहरी खोरमा जाकेछन् । शासक वर्गबाट अन्यायको पराकाष्ठा नाघेको छ । संविधान प्रदत्त मौलिक अधिकार ‘मालिक अधिकारै’ मा परिणत भएको छ । यस व्यवस्थाको स’धार र यसमा संशोधन अत्याआवश्यक भइसकेको छ र यसको नेतृत्व दुर्गा प्रसाईले लिएका छन् । दुर्गा प्रसाईमा नेतृत्वको गुणहरू छैन ।
जुन इण्डियाले पुष्पकमल दाहाल, बाबुराम भट्टराई जस्ता माओवादी नेताहरूलाई दिल्ली नजिक सेल्टर, खान पिउन, सुरक्षा, धनराशि, हतियार दिएर नेपालमा दश वर्षसम्म आतंक मच्चाउन सहयोग ग¥यो उसले कदापि नेपालमा राजतन्त्रको पुनःस्थापना चाहँदैन ।
उनी एउटा अस्थिर प्रकृतिका मानिस हुन् भनेर उनले आफैं प्रमाणित गरेका छन् । उनको बोलीको कुनै ठेगान छैन । कतै गएर राजाको कट्टर समर्थक हो झैँ गर्छन् राजासहितको हिन्दु अधिराज्य स्थापना गर्ने कुरा गर्छन् र कतै गएर भीड हेरेर हिन्दु राष्ट्रको कुरा त गर्दैनन् सँगै राजतन्त्र पुनःस्थापनाको कुरा उठाउँदै उठाउँदैनन् । को राजा बन्छ, को प्रधानमन्त्री बन्छ मलाई थाहा छैन भन्छन् । कहिले व्यवस्था होइन अवस्था बदल्ने भन्छन् । उनी एक अराजक प्रवृत्तिका मानिस हुन् ।
बल्खुमा जुन हज्जारौं जनताको भीड थियो त्यो केवल बैंक तथा लघुवित्त पीडितहरूको पीडाबाट मुक्तिका लागि मात्र थिएन । जनतालाई थाहा छ यो गणतन्त्रभित्र भोलि बाध्य भएर हिन्दु राष्ट्र घोषणा गरे पनि र साना किसान र उद्यमीको सावाँ ब्याज मिनाहा गरे पनि यो व्यवस्थाले शोषणको अर्को विकल्प खोज्ने छ, यिनीहरूको लुटको साम्राज्य रहिरहने छ । यसको एकमात्र समाधान राजतन्त्रको पुनःस्थापना नै हो । राजालाई निश्चित महत्वपूर्ण अधिकार दिएर गद्दीमा बसाल्ने हो ताकि वर्तमान प्रणालीमा अंकुश लगाउन सकियोस् । यो आन्दोलन भोलि फेरि राक्षसी प्रवृत्तिका यिनै शासकवर्गबाट शासित हुनका लागि होइन अपितु यिनीहरूबाट मुक्तिका लागि हो ।
दुर्गा प्रसाई एकजना शंकास्पद व्यक्ति पनि हुन् । उनी राष्ट्रिय स्वयंसेवक संघबाट निर्देशित र केही खाडी मुलुकबाट समर्थित पात्र हुन्, तिनीहरूकै बलमा उनमा आत्मविश्वास बढेको हो । इण्डियाले कहिल्यै पनि नेपालमा राजा देख्न चाहँदैन । यदि उसले राजा चाहेको भए राष्ट्रिय स्वयं सेवक संघको एकजना कार्यकर्ता अटल बिहारी बाजपेयी इण्डियाको प्रधानमन्त्री भएको बेला रअ र सिआइएको सहयोगले दरबार हत्याकाण्ड मच्चाउने थिएन । नेपालमा गणतन्त्र आउन दिने थिएन । किनकि यहाँ भएका प्रायः सबै राजनीतिक दलहरू इण्डियाकै उत्पादन हुन् ।
जुन इण्डियाले पुष्पकमल दाहाल, बाबुराम भट्टराई जस्ता माओवादी नेताहरूलाई दिल्ली नजिक सेल्टर, खान पिउन, सुरक्षा, धनराशि, हतियार दिएर नेपालमा दश वर्षसम्म आतंक मच्चाउन सहयोग ग¥यो उसले कदापि नेपालमा राजतन्त्रको पुनःस्थापना चाहँदैन । उसको एकमात्र उद्देश्य हो नेपाललाई हिन्दु राष्ट्र बनाउने । इण्डियाको आगामी २०२४ मा हुने चुनावमा नेपाललाई हिन्दु राष्ट्र बनाएर इण्डियालाई पनि हिन्दु राष्ट्र बनाउने प्रोपगण्डा गरेर चुनाव जित्नु हो । अहिले भाजपाको लोकप्रियता घटिरहेको अवस्था छ, त्यसैले उसले चुनाव अगाडि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुछ र यसका लागि उसले पुष्पकमल दाहाल र ओलीको नसा नसा छामेको दुर्गा प्रसाई रोज्यो ।
दुर्गा प्रसाई राष्ट्रिय स्वयंसेवक संघको उत्पादन हुन् । किनकि उनले यो पवित्र देवभूमिका महायोगी गुरु गोरखनाथ जसको कृपाले पृथ्वीनारायण शाहले नेपाल एकीकरणको यज्ञ सुरु गरे र उनका कनिष्ठ पुत्र बहादुर शाहले यो यज्ञलाई लक्ष्यमा पुर्याएका थिए ।
गोरखनाथका गुरु मत्छेन्द्रनाथको भूमि हो यो, शिव तथा शक्तिको पावन भूमि हो यो तर उनले अहिले राष्ट्रिय स्वयंसेवकको नारा जय श्रीराम लगाउने गरेका छन् । दुर्गा प्रसाईले बीच बाटोमा आन्दोलनलाई लगेर धोका दिन सक्छन् । त्यसैले राष्ट्रवादी राजनीतिक दल वा धर्मगुरुहरूले यो आन्दोलनको नेतृत्व लिन तयार हुनुपर्छ । बल्खुमा आन्दोलनको जुन स्फुलिंग छरिएको छ त्यो अग्निकुण्ड बन्नुपर्छ । जटायुहरूका रगतले रावणहरूको अन्त्य हुनैपर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच