यहुदी इसापूर्व ३५०० वर्ष पहिला अरबको उजाड मरुभूमि र मेसोपोटामियाबाट विस्थापित भई घुमन्ते जिन्दगी त्यागेर आजको स्वतन्त्र इजरायलमा आएर बसेका थिए, जब सभ्यताले आफ्नो शैशव काल प्रारम्भ गरेको थियो (सैसिल रोथ) सर्ट हिस्ट्री अफ द ज्युइस पिपल । आज इजरायललाई लेबनानको भूमि कब्जा गरेको भन्ने मिथ्या आरोप लगाई रहेका छन् एकथरी । किर्ते सुगौली सन्धिपश्चात सीमांकन भएको हाम्रो कालापानी, लिपुलेक, लिम्पियाधुरामा इण्डियन प्रधानमन्त्री नरेन्द्र मोदी आएर भारत माता कि जय भन्छन् र त्यहाँका नेपाली बासिन्दालाई भन्न लगाउँछन् । उनले मनोवैज्ञानिक तरिकाले त्यहाँ बसोवास गर्ने हाम्रा दाजुभाइ, दिदीबहिनीलाई त्यो क्षेत्र इण्डियाको हो भन्ने भावना जबरदस्ती लादिरहेका छन् ।
आतंकवादको विरोध गरिरहने मोदीको यस कार्यलाई श्वेत आतंकवाद भन्ने कि नभन्ने ? दोष मोदी एक्लैको होइन, दोष मोदीका गुलाम बनेका हाम्रा शासक वर्गको धेरै छ । केपी ओली जो नक्कली राष्ट्रवादी हुन आफू प्रधानमन्त्री हुँदा संसद्मा एकमतले त्यस क्षेत्रको नक्सा प्रकाशित गरे । उनीपछि देउवा र पुष्पकमल दाहाल प्रधानमन्त्री भए तर कसैले उक्त नक्साको अन्तर्राष्ट्रियकरण गरेनन् । बरु पाठ्यपुस्तकमा छापिएको वर्तमान नक्सालाई हटाउन लगाएर पुरानै नक्सा राख्न लगाए ओलीले । अझै चुप लागेर बसेका छन् । इजरायललाई स्वतन्त्र राष्ट्रको मान्यता दिनुपूर्व त्यहाँ लेबनानीहरूको बसोवास थियो, यहुदीहरू अल्पसंख्यामा थिए ।
जसरी मोदीले कालापानी क्षेत्रको नेपाली जनताको मनमा कालापानी क्षेत्र इण्डियाको हो भन्ने भावना जबरदस्ती थोपरिरहेका छन् त्यसरी नै लेबनानी र अरब मुलुकले इजरायल लेबनानको भूभाग हो भन्ने थोपारेका थिए र अद्यापि थोपरिरहेका छन् । इण्डियाले केवल कालापानी क्षेत्रमात्र होइन किर्ते सुगौली सन्धिपूर्वको हाम्रो विशाल भूभाग ओगटेर नेपालको भू–भागलाई इण्डियाको उपनिवेश बनाएर त्यहाँका नेपालीहरूको मनमा उनीहरू इण्डियन हुन् भन्ने विष घोलिदिएको छ ।
बाह्र बुँदे सहमतिमार्फत कांग्रेस, एमालेलगायतका दलहरू उसका पछाडि लगेर माओवादीसँग एकाकार भएका थिए र अहिले उसकै एजेण्डामा हिँडिरहेका छन् । सेनाको राजनीतीकरण भएको थिएन, दाहालले सेनाको पनि राजनीतीकरण गर्ने प्रयास गरेका छन् ।
हजारौं वर्षदेखि ख्रिष्टान र इस्लाम धर्र्मीहरूको उत्पीडन र देशविहीन हुँदा पनि यहुदी धर्म, संस्कृति, सभ्यता र पहिचान विश्वको जुनसुकै कुनामा बसे पनि अक्षुण्य बनाई राख्नका फलस्वरूप इजरायलको पुनःनिर्माण हुन सक्यो । आज हाम्रा शासकवर्ग नेपाल र नेपालीको संस्कृति, धर्म, सभ्यता र पहिचानलाई समाप्त पार्न एकपछि अर्को षड्यन्त्र गर्दै विनाशतर्फ लागिरहेका छन् । हाम्रो धर्म, संस्कृति, सभ्यता र पहिचान समाप्त पारेपछि हामी विस्थापित भएर संसारको जुनसुकै कुनामा बसे पनि हामी इजरालायली जस्तो आफ्नो मुलुक फिर्ता पाउन सक्दैनौं ।
सृष्टिको आदिकालदेखि स्वतन्त्र अस्तित्वमा रहेको नेपालको संरक्षण गर्न यहाँका शासकवर्ग मात्र नभएर हामी जनताले पनि सकेका छैनौं । धर्मान्तरणले सनातन धर्ममाथि आक्रमण मात्र गरिरहेको छैन अपितु हाम्रो संस्कृतिलाई पनि । हामी नेपालीले आफूलाई पश्चिमी संस्कृतिमा रंग्याउँदै नैपाली हुनुको गौरवलाई समाप्त पारिरहेका छौँ ।
रुस (युक्रेन युद्ध चलिरहेको अवस्थामा अहिले इजरायल र अरब युद्ध सुरु हुने अवस्था देखिएको छ । ५७ वटा मुस्लिम देशहरू संयुक्त रूपमा लेबनानको पक्षमा उभिए तापनि हमासको पक्षमा एकजुट हुने प्रण गरेका छन् । टर्की, इरान र सिरियाले सिरियाको बाटो हुँदै आतंककारी संगठन हमास र हिजबुल्लाहलाई हतियार र हतियार बनाउने प्रविधि तथा आर्थिक सहयोग दिइरहेका छन् । उता अमेरिकाले आफ्ना युद्धपोतहरू इजरायलको पक्षमा इजरायलमा उतारिसकेको छ । रुस तटस्थ देखिए तापनि उसले इरानको नजिक भएकोले भित्रभित्रै हमास र हिजबुल्लाहलाई नै समर्थन गर्ने सम्भावना छ ।
यसले तेस्रो विश्वयुद्ध नभित्याराउला भन्ने छैन । तेस्रो विश्वयुद्ध भएमा विश्वका कतिपय देश नक्सामा रहने छैनन् । इण्डिया अखण्ड भारतको योजनामा अघि नबढ्ला भन्ने छैन । कुनै दूरदर्शी शासक अहिले छैनन्, न त देशको अभिभावकको रूपमा रहेने कुनै बलियो संस्था नै छ । विदेशीको गुलाम बनेका शासक वर्गलाई देशको माया हुँदैन । भोलि उनीहरू जुन देशमा गएर पनि बस्न सक्नेछन्, पीडित आमनेपाली जनता नै हुने हुन् । माओवादीको सशस्त्र हिंसाको जन्म त्यसै भएको होइन । जसरी इरानले हमास र हिजबुल्लाह जस्तो आतंककारी संगठनलाई इरानमै सैन्य तालिम र हतियार बनाउने तरिका सिकाउँदै प्रविधि, हतियार र आर्थिक सहयोगसमेत दिएको छ ठीक त्यसरी नै नेपालका माओवादीलाई इन्डियामा सशस्त्र सैन्य तालिम, आर्थिक सहयोग, हतियार दिएको थियो र पश्चिमा मुलुकहरूले पनि हतियार किन्ने पैसा दिएका थिए ।
बाह्र बुँदे सहमतिमार्फत कांग्रेस, एमाले लगायतका दलहरू उसका पछाडि लगेर माओवादीसँग एकाकार भएका थिए र अहिले उसकै अजेन्डामा हिँडिरहेका छन् । सेनाको राजनीतीकरण भएको थिएन, दाहालले सेनाको पनि राजनीतीकरण गर्ने प्रयास गरेका छन् । तर, प्रधान सेनापति प्रभुराम शर्माले पनि यस बारेमा केही नबोलेर माओवादीहरूको समर्थन गरेको जस्तो गरेको छन् । जसरी इजरायलीहरू आफ्नो भूमिबाट विस्थापित भएर युरोपतिर तितरबितर हुनुपरेकोे थियो त्यसरी नै हामी नेपालीहरू पनि भोलिका दिनमा देशविहीन हुनुपर्ने अवस्था आउन सक्छौं ।
इजरायलीहरू आफ्नो मातृभूमिबाट विस्थापित हुनुपरेर संसारको जुनसुकै कुनामा बसे पनि आफ्नो धर्म, संस्कृतिसँग जोडिएर रहे । आफ्नो भूमिबाट विस्थापित हुनुपरेमा पनि आफ्नो धर्म र संस्कृतिमा जोडिएका मानिसहरू राजनीतिक रूपमा आफ्नो स्वभूमिमा आधिपत्य बनाएर राख्ने चाहना लक्ष्य राख्दछन् र सफल पनि हुन्छन् । मूल स्थानबाट विस्थापित भए पनि एउटै धर्म र संस्कृतिका मानिस समाप्त हुँदैनन् जबसम्म उनले आफ्नो धर्म र संस्कृतिलाई नष्ट हुनबाट बचाउन सक्छन् । इसापूर्व ८०० मा यहुदीहरूको अन्तिम राज्य जुडियाको समाप्तिपछि उनीहरूलाई आफ्नो देश छोड्नुप¥यो । त्यसपछि सन् १९४८ सम्म न त यहुदीहरूको संसारमा आफ्नो राष्ट्र थियो न त मातृभूमि ।
आफ्नो मातृभूमि सानो अंशमा भए पनि प्राप्त गर्न इजरायलीहरूलाई करिब दुई हजार वर्ष लाग्यो । त्यसैले मुसलमानहरूको जेरुसलम, गाजापट्टी, वेष्ट बैंक दाबी गलत हो । आफ्नो भूमिको माया कस्तो हुन्छ, त्यसलाई रक्षा गर्न के गर्नुपर्छ यो इजरायली अर्थात् यहुदीहरूबाट हामीले सिक्नुपर्छ ।
उनीहरू संसारभरि राजनीतिक सत्ताविहीन, देशविहीन शरणार्थी बनेर घुम्दै रहे र निष्कासित भइरहे । चौथो शताब्दीमा बहुसंख्यक जनसंख्या भएको यहुदीहरूलाई ख्रिष्टानहरूले लखेटे, त्यसपछि सातौंदेखि एघारांैं शताब्दीसम्म ख्रिष्टान र मुसलमान धर्मको केन्द्र रहृयो । १३औं शताब्दीमा मंगोल अतिक्रमणकारीले यसलाई जिते । त्यसपछि अटोमन साम्राज्यको अधीनमा गयो । त्यसपछि बेलायतको । इजरायल र जुडाह साम्राज्य फलामे युगमा स्थापना भएको इतिहास छ । पहिलो र दोस्रो शताब्दीमा रोमन र ज्युस युद्ध भयो जसमा यहुदीहरू हज्जारौं देश छाडेर भागे, हज्जारौं मारिए र हज्जारौंलाई गुलाम बनाइयो । इतिहासकार मेक नटका अनुसार फलामे युगमा सम्भवतः एउटा जनसंख्याले आफूहरूलाई इजरायली भनेर परिचय दिएका थिए । यसरी हेर्ने हो भने इजरायलले फिलिस्तिनको भूभाग कब्जा नगरेको भएर ख्रिष्टान र त्यसपछि इस्लामले उनीहरूको मुलुक कब्जा गरेको देखिन्छ ।
आज इजरायलको रक्षाका लागि युवादेखि नब्बे वर्षका वृद्धहरू समेत हातमा अत्याधुनिक हतियार बोकेर राष्ट्र तथा राष्ट्रियताको रक्षाका लागि युद्ध मैदानमा गइरहेका छन् । यसको कारण हो, उनीहरू मुलुकबाट विस्थापित हुनुपरे तापनि विश्वको जुनसुकै कुनामा बसे पनि एउटा साझा इतिहास, साझा संस्कृति, साझा धर्म, साझा जीवन अनुभव, पूर्वजहरूलाई एउटै मान्नु, कैयौं पिढीसम्म भोगेको दुःख र समान विश्वास, साझा मातृभूमि र साझा चिन्तनको प्रक्रिया थियो । जसले इजरायलको सानसाना जातिहरू, उपजातिहरू, कबिलाहरू र खानदानलाई मथेर एउटै मान्छेमा परिवर्तन भए ।
इसापूर्व १०२० मा सैम्युल इजरायलको पहिलो राजा थिए । उनले आफूले गुमाउनुपरेको भूभाग पुनः प्राप्त गरी जेरुसलमलाई आफ्नो राजधानी बनाए । यहुदी साम्राज्यमा हिजकिय्याहको शासनकालमा नवअसुरियन साम्राज्यले इसापूर्व ७२२ मा इजरायलको उत्तरी साम्राज्य जितेपछि केवल दक्षिणी साम्राज्यमात्र यहुदीको भागमा बाँकी रहेको थियो । यसरी हेर्ने हो भने इजरायलले लेबनानमाथि कब्जा नगरी लेबनानलगायत अरब मुलुकहरूले इजरायलमाथि कब्जा गरेको देखिन्छ ।
क्रेटबाट आएको फिलिस्तिनी इजरायल आएपछि एकअर्कालाई आत्मसात गर्न सकेनन् र एकआपसमा लड्न थाले । विस्तारै इजरायलीहरूले आफ्नो मूल संस्कृति बिर्सन थाले । इसाई र इस्लाम आक्रमणकारीले इजरायल कब्जा गरेपछि भाग्न नसकेका इजरायलीहरू उनीहरूकै आधिपत्य स्वीकार्दै ख्रिष्टान र पछि इस्लाम बनेर बाँच्न पाए । अन्तमा फिलिस्तिनमा बसेका इजरायलीहरू मुसलमान धर्म अंगीकार गर्न बाध्य भएर त्यहीँ बसे जो आज फिलिस्तिनी नामले चिनिन्छन् । मुसलमानले उनीहरूको सम्पूर्ण संस्कृति समाप्त पारिदिए । विदेश पलायन भएका यहुदीहरूले कहिल्यै पनि आफ्नो धर्म, संस्कृति र सभ्यतालाई बिर्सेनन् । उनको संस्कृतिले दिएको ज्ञान, विज्ञान र कलालाई विश्वभरि फैलाइरहे ।
यहुदी धर्मले संसारलाई एउटा दर्शन दियो, नैतिकताको नियम दियो र राज्य व्यवस्थाको आधार दियो । त्यसैले आज इजरायल विश्वको एकमात्र शक्तिशाली यहुदी राष्ट्र बन्न सक्यो । मुस्लिमहरूले उनीहरूलाई चारैतिरबाट समाप्त पार्न कुनै कसर बाँकी राखेनन् । टेम्पल माउन्ट नामक यहुदी धर्मस्थलमा नमाज पढ्न सुरु गरे, यहुदीहरूको धार्मिकस्थल जेरुसलमलाई मुसलमानहरूले पनि आफ्नो धार्मिकस्थल घोषित गरे । प्रसिद्ध मस्जिदहरू अल अक्सा र डोम अफ द रौक निर्माण गरे । इजरायलमा यहुदी, इसाई र मुसलमानको धार्मिक स्थल छ तर ख्रिष्टानले त्यसलाई आफ्नो मातृभूमि मानेनन् र मुसलमानले त्यसलाई आफ्नो मातृभूमि दाबी गरे । अनवरत युद्धका कारण ख्रिष्टानहरूले आफ्नो धार्मिकस्थल त्यहाँबाट भेटिकन सिटी लगे र जेरुसलम र बेथेलहमलाई येशु ख्रिष्टको जन्मस्थल हो भनेर बिर्से ।
मुसलमानले पनि आफ्नो धार्मिकस्थल त्यहाँबाट सारेर मक्का मदिना लगे तर यहुदीहरूले आफ्नो धर्मस्थल जेरुसलमबाहेक कतै बनाएनन् । आफ्नो मातृभूमि सानो अंशमा भए पनि प्राप्त गर्न इजरायलीहरूलाई करिब दुई हजार वर्ष लाग्यो । त्यसैले मुसलमानहरूको जेरुसलम, गाजापट्टी, वेष्ट बैंक दाबी गलत हो । आफ्नो भूमिको माया कस्तो हुन्छ, त्यसलाई रक्षा गर्न के गर्नुपर्छ यो इजरायली अर्थात् यहुदीहरूबाट हामीले सिक्नुपर्छ । उनीहरूबाट सिक्नुपर्ने एउटा महत्वपूर्ण कुरा हो देशभक्ति । युद्धको परिणाम के होला यो भविष्यले बताउला तर इजरायलीहरूको देशभक्ति प्रातःस्मरणीय नै रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच