भोजपुर ‘गट टयालेन्ट’ का लागि चालिस प्रतियोगी छनौट

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । ‘कला, संस्कृतिको जगेर्ना र हस्तान्तरण तपाईं हाम्रो उत्तरदायित्व’ नाराका साथ सुरु भोजपुर गट ट्यालेन्ट नृत्य तथा गायन प्रतियोगिता अन्तर्गत आगामी चरणका लागि ४० जना छनौट भएका छन् ।

सदरमुकाममा भएको मेगा राउण्डमा सहभागि भएका ६५ मध्ये ४० जना अर्को चरणमा प्रवेश गरेको आयोजक डाइमण्ड क्रु सेन्टर भोजपुरका संचालक सुसन घिमिरेले जानकारी दिनुभयो । भोजपुर फिल्मस प्रालि, डाइमण्ड क्रु सेन्टर र सगरमाथा इङिलस सेकेण्डरी स्कुलको सहआयोजनामा आगामी मंसिर ३० गते अर्को चरणको प्रतिष्पर्धा हुने छ ।

जिल्लाका नौ वटै स्थानीय तहमा संचालन भएको प्रतिस्पर्धामा सहभागि भएका चार सय २० मध्ये मेगा राउण्डका लागि एक सय ३५ जना छनौट भएकोमा ६५ जनाले मात्र सहभागिता जनाएका थिए । मेगा राउण्डमा उत्कृष्ट नृत्य बिधामा हतुवागढी गाउँपालिकाका सलिना राई र गायन बिधामा साल्पासिलिछो गाउँपालिकाका बिबिका बन उत्कृष्ठ हुनु भएको थियो । उत्कृष्ठ दुवैलाई निर्माण ब्यवसायी उत्तम खड्काले पाँच–पाँच हजार दिएर पुरस्कृत गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?