जबरजस्ती करणी गरी हत्या गर्ने खाँ जेल चलान

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मी चन्द्रकोट गाउँपालिका शान्तिपुरमा एक किशोरीलाई जबरजस्ती करणी गरी हत्या गर्ने एक जना पुर्पक्षका लागि जेल चलान भएका छन् । गत कात्तिक १६ गते चन्द्रकोट गाउँपालिका-४ शान्तिपुरकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी हत्या गर्ने बाँकेको खजुरा गाउँपलिका-४ घर भएका २३ वर्षीय रहिस खाँ पुर्पक्षका लागि जेल चलान भएका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

मङ्सिर ११ गते जिल्ला अदालत गुल्मीको थुनछेक बहसपश्चात् अदालतले पुर्पक्षका लागि जिल्ला कागारागार चलान गरेको पाण्डेले जानकारी दिनुभयो ।

खाँमाथि जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो । कात्तिक १६ गते खेतबाट खेतालालाई सुर्ती लिन भनी हिँडेकी किशोरी १७ गते बिहान अर्धनग्न अवस्थामा हुग्दी खोलामा मृत फेला परेकी थिइन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?