एभर्टनमाथि लिभरपुलको जित

Read Time = 1 min

लण्डन । इंग्लिस प्रिमियर लिगमा लिभरपुलले एभर्टनलाई दुई-शुन्य गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा इजिप्टका मोहम्मद सलाह र डच फरवार्ड कोडी गाक्पोले गोल गर्नुभयो ।

खेलको ३६औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई एक-शुन्य को अग्रता दिलाउनुभयो । उहाँले डार्विन नुनेजको पासमा गोल गर्नुभएको थियो ।

४९औँ मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पार्नुभयो । ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको लो क्रसलाई गाक्पोले सदुपयोग गर्नुभयो ।

लिभरपुलमा गाक्पोको यो पहिलो गोल हो । कतार विश्वकप २०२२ मा उच्च प्रदर्शन गरेपछि गाक्पो यसै विन्टरमा डच क्लब पिएसभी इन्डोभेनबाट लिभरपुल आउनुभएको थियो ।

यस जितसँगै लिभरपुल २१ खेलबाट ३२ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ । पराजित एभर्टन २२ खेलबाट १८ अंक जोडेर रेलिगेसन जोनको १८औँ स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?