तनहुँ । पहिलोपटक देशव्यापी दरै (दराई) समुदायको फुटबल प्रतियोगिता तनहुँमा आयोजना गरिएको छ । अल्पसंख्यक दरै समुदायलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले नेपाल दरै समाज तनहुँको आयोजनामा प्रथम राष्ट्रिय दरै सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता तनहुँमा हुने भएको हो ।
आगामी माघ १५ गतेदेखि तनहुँको व्यास नगरपालिका-३ बिपी वनवाटिका खुला मैदानमा प्रतियोगिता हुनेछ । पिछडिएका दरै जातिका खेलाडीलाई प्रोत्साहन गर्ने, देशव्यापी दरै युवाबीच एकापसमा परिचित, सद्भाव र पारस्परिक मित्रभाव जगाउने, दुव्र्यसनी लागुऔषध, विसंगति विकृति फैलिनबाट जोगाउने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागिएको समाजका अध्यक्ष ठाकुरबहादुर दरैले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागिताका लागि ३२ गाउँका दरैलाई पत्राचार गरिएको उहाँले बताउनुभयो । देशभरबाट २० समूह सहभागी गराउने लक्ष्य राखिएको समाजका सचिव विजय दरैले जानकारी दिनुभयो । उहाँका अनुसार बाक्लो बस्ती रहेका स्थानका भने बढी समूह सहभागी गराइनेछ । प्रथम पुरस्कार एक लाख एक हजार १११ र द्वितीय पुरस्कार ५१ हजार १११, मेडल र प्रमाणपत्र प्रदान गरिने समाजका कोषाध्यक्ष आशा दरैले जानकारी दिनुभयो ।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई दुई हजार, उत्कृष्ट गोल रक्षकलाई एक हजार पाँच सय र सर्वाधिक गोलकर्तालाई एक हजार पाँच सय, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
विसं २०७८ को जनगणनाअनुसार देशभरमा दरै जातिको कुल संख्या २० हजार रहेको तथ्यांकमा उल्लेख छ । प्रतियोगिता सम्पन्न गर्न १० लाख ८३ हजार ७२२ लाग्ने अनुमान गरिएको समाजले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न विभिन्न संघसंस्था, व्यक्ति, स्थानीय, प्रदेश र संघीय सरकारसँग सहयोगको अपेक्षा गरिएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच