तेस्रो संस्करणको सूर्य इन्टरनेशनल अवार्डको घोषणा

Read Time = 3 mins

काठमाडौं । सूर्य कर्पोरेशनले सन् २०१८ देखि सुरु गरेको सूर्य इन्टरनेशनल अवार्डको तेस्रो संस्करण हुने भएको छ ।

२०१८ र २०१९ मा लगातार दुई संस्करण सम्पन्न भएको अवार्ड समारोहको तेस्रो संस्करण आगामी नोभेम्बरमा अमेरिकामा हुने गरी सोमबार दुबईमा जारी नेपाली सिनेमा फेस्टको औपचारिक कार्यक्रममा घोषणा गरिएको छ ।

कोरोनाका कारण लगातार दुईवटा संस्करण हुन नसकेको अवार्डको नोमिनेशन कार्यक्रम जापानमा गर्ने बताइएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, सूर्य कर्पोरेशनका सिइओ वासुदेव लामिछने, अभिनेता शिव श्रेष्ठ, सन्दीप क्षेत्री, प्रशान्त ताम्राकारलगायतले अवार्डका बारेमा अनुभव सेयर गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

आयोजक संस्थाका अध्यक्ष वासुदेव लामिछनेले नेपाली फिल्मलाई डायस्पोरामा प्रवद्र्धन गर्ने उद्देश्यले निरन्तर अवार्डसहित अन्य कार्यक्रमहरू गर्दै आएको बताउनुभयो । झण्डै ६ दर्जन कलाकारहरूसहित जापानमा नोमिनेशन कार्यक्रमको तयारी सुरु हुने पनि लामिछनेले जानकारी गराउनुभयो ।

फिल्मतर्फ अभिनेता, अभिनेत्री, सहायक अभिनेता, सहायक अभिनेत्री, निर्देशक र फिल्म गरी ६ वटा विधा अवार्डमा समावेश छ । यस्तै, संगीततर्फ पप, आधुनिक र लोकगीतका गायक र गायिका गरी ६ वटा विधा समावेश छ ।

अवार्ड समारोहमा लाइफ टाइम एचिभमेन्ट अवार्ड, वर्ष कलाकारिता सम्मान र चलचित्र पत्रकारिता पुरस्कार पनि वितरण गरिने जनाइएको छ ।

यसै वर्षदेखि अवार्डमा संगीतकार, नव अभिनेता, अभिनेत्रीको अवार्ड पनि थपिएको छ । यस्तै, फिल्मको संगीततर्फ गायक र गायिका पनि थपिएको छ । विभिन्न क्षेत्रमा आफ्नो योगदान दिँदै आएका व्यक्तिहरूको सम्मानका लागि अनर अवार्ड पनि थपिएको छ । तेस्रो संस्करणदेखि अवार्डमा २० विधा रहने आयोजक संस्था सूर्य कर्पोरेशनले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?