पुरुषोत्तममास महात्म्य

Read Time = 14 mins

-तोयराज नेपाल
गत २२ गतेको अंकबाट क्रमश :
केरल देशमा एकजना ज्यादै लुब्ध चित्रशर्मा नामका ब्राहृमण थिए । यी ब्राहृमण सधैं दीन–दुःखी जस्तो भएर गाउँमा मागेर सम्पत्ति बटुल्थे र आफू र आफ्ना पत्नी एवं सन्तानलाई पनि पेटभरि खान र राम्रोसँग लगाउन पनि नदिएर धनजति सबै भूमिमा गाड्दथे । त्यसै कारण तिनको नाम कदर्य (कदरे) भन्ने प्रसिद्ध थियो । अचाक्ली लोभी भएका हुँदा उनलाई गाउँमा कसैले मनपरउँदैनथे । यिनका एकजना मित्र बनेचर भिल्लको फलफूलको बघैँचा थियो । उनीसँग गएर म गाउँमा बस्न नसक्ने भएँ मलाई आश्रय दिनुहवोस् भनी रुँदै भनेका हुँदा ती बघैँचाका मालिक भिल्लले यो बघैँचाको रेखदेख गरेर बस्नुहनेस् न त भनेर आफू राजाका काममा लागे । कदरे बघैँचाका राम्राराम्रा फलफूल आफू खाएर बाँकी बचेका फलफूल बेचेर पैसा भूमिमा गाड्दथे । मित्रले सोद्धा सबै चराले खायो भनेर ढाँट्तथे ।

यसै गर्दागर्दै यिनी सतासी वर्षका वृद्ध भए । जिन्दगीमा एकदिन पनि धर्मकर्म र दान दक्षिणा गरेनन् । सधैं झूटो बोल्ने, मित्रलाई ठग्ने इत्यादि दुष्कर्म गर्दागर्दै उनको मृत्युभयो । यमराजका दूतले पासले बाँधेर मुंग्र्राले हिर्काउँदै र नाना दुःख दिँदै यमलोकमा पु¥याए । यी कदरे हुन् भन्ने जानेपछि यमराजले यी ब्राहृमणाधर्मले धरै पाप गरेका हुँदा यिनलाई प्रेत बनाउनू, पछि हज्जार जन्मसम्म बाँदर बनाउनू भनेर यमदूतहरूलाई आदेश दिए । अनि यिनले धेरै समय सम्म प्रेत भएर भोक प्यासले पीडित भएर धेरै दुःख भोग गरे । पछि बाँदर भएर हजारौं जन्म सम्म रहे। अन्तिममा फलफूलले र शीतल जलले युक्त सुन्दर तलाउभएका मृगतीर्थका सुन्दर बघैँचामा बाँदरको जन्म लिन पुगे । यस्तो असल बघैँचामा कसरी जन्म लिन पुगे त भन्दा एक पटक कदरे हुँदै चित्रकुण्डल नामक वैश्य र उनकी पत्नी तारकाले महिना दिनसम्म पुरुषोत्तम मासको व्रत लिएर अन्तिम दिन उद्यापन गर्दा यी कदरे पनि त्यस उद्यापन समारोहमा पुगे ।

वैश्यले राम्रोसँग व्रतको उद्यापन गरे । धरै–धेरै दान दक्षिणाहरू गरे । सबै ब्राहृमणहरू सन्तुष्ट भएर गए । यी करदे चैँ भक्तिले होइन, अरू धेरै धनका लागि ¤ हे वैश्य तपाईंले पुरुषोत्तमको व्रतको राम्रो उद्यापन गर्नुभयो । पुरुषोत्तम भनेका ठूला देवता हुन् । धन्य–धन्य पुरुषोत्तम १ भनेर पुरुषोत्तमको स्तुति गरेको थियो । साथै तपाईँहरू पनि धन्य हुनुहुन्छ, भनेर पुरुत्तमका भक्त ती वैश्य दम्पतीको पनि प्रसंशा गरेको थियो । यसै कारण त्यस उत्तम बघैँचामा जन्म लिन पुग्यो । तर त्यस वानरको जन्मैदेखि मुखमा घाउ भएको हुँदा फल फूल राम्रोसँग खान सक्तैनथ्यो । बूढो हुँदै गएपछि घाउ बढ्दै गयो । दाँत पनि झरे खान नसकेपछि शक्ति पनि कम हुँदैगयो । एकपटक पुरुषोत्तम महिनाका समयमा त्यस बघैँचामा धेरै फलफूल पाकेका थिए । त्यो वानर लोभले टिप्तथ्यो,तर खान नसकेपछि बाटामा फालिदिन्थ्यो।अनि बटुवाले खान पाउँथे ।

वानरको जात चञ्चले हुँदा एकठाउँमा बस्न सक्तैनथ्यो । अनि एउटा रूखबाट अर्को रूखमा, अर्काबाट अर्कामा उफ्रिँदै जाँदा अर्को रूखमा पुग्न नसकी त्यही मृगतीर्थ पोखरीमा खस्यो । त्यो पुरुषोत्तम महिनाको दशमीदेखि पाँच दिन पोखरीमा डुबेको थियो । धेरै दिनदेखि खान नसक्ता भोकले पीडित र शिथिल त्यो बाँनर त्यसै पोखरीमा डुबेर पाचौं दिनका मध्याहृण समयमा पोखरीमा नै मर्‍यो । पोखरीमा डुब्दाको स्नान, फलफूल फालेकोले दान, खान नसक्ताको उपवासले उसका पुरुषोत्तम महिनाका पाँच दिन व्रतका दिन हुन पुगेका हुँदा त्यो वानरलाई भगवान्का पार्षदहरू पुण्यशील र सुशीलले दिव्य विमनामा राखी भगवान् पुरुषोत्तमको गोलोकधाममा लिएर गए ।

यसरी पूर्वजन्मको कदरे यस जन्ममा वानर भएर पनि घुँडाक्षर न्यायले (घुन हिँड्दा अक्षर बने जस्तै न्यायले) भक्तिभावरहित द्रव्यका लोभले भगवान् पुरुषोत्तमको र पुरुषोत्तमका भक्तको स्तुति गर्दा र वानरले खान नसकेका फलफूल फ्याँक्ता भएको दान, मुखमा घाउ भएकाले खान नसक्ता उपवास, पोखरीमा डुबेर निस्कन नसक्ता भएका स्नानका प्रभावले वानर ता पुरुषोत्तम भगवानको गोलोक धाममा वास गर्न पुग्यो भने मनुष्यले श्रद्धा, भक्ति र विधिपूर्वक पुरुषोत्तम महिनामा स्नान, दान उपवास, जप, पूजा पाठ पूर्वक पुरुषोत्तम मासको व्रतगरी राधासहित पुरुषोत्तम भगवानको पूजा आराधना गर्दाका पुण्यको प्रभाव कस्तो होला भनिरहनु नपर्ला ।

त्यस कारण हामी पनि श्रद्धा एवं भक्ति पूर्वक सके महिना दिन पूरै व्रत बसेर राधासहित पुरुषोत्तम भगवानको आराधना गरी प्रत्येक दिन काँसका थालमा ३३ र ३३ अपूप दान गर्ने गरिन्छ । विगतको अंकमा पनि भनिएको छ– नसके १५ दिन, त्यो पनि सकिएन भने १० दिन, त्यो पनि सकिएन भने पाँच दिन र त्यो पनि असम्भव भए तीन दिन, दुई दिन वा एक दिनमात्र भए पनि पुरुत्तम भगवानको व्रत बसी राधासहित पुरुषोत्तमको पूजा आराधना गरी ३३ अपूप (मालपुवा) दान गर्ने शास्त्रोक्त वर्णन गरिएको छ ।

अथ कांश्यपात्रसम्पुटदानम्
पुषोत्तम मासको व्रत लिन, सबै नियम पालन गर्न र सांगोपांग पूजा गर्न नसके पनि अथवा व्रत लिएर यथाशक्ति नियम पालन गरी पूजासमेत लगाउँदा हुने पुरुषोत्तममासमा मालपुवा दान गर्ने विधि र संकल्पल्पस्वरूप प्रस्तुत छ–
पहिले कर्म पात्र बनाएर प्रतिज्ञा संकल्प गरी ब्राहृमण वरण गर्ने ( ॐअद्येह अमुकगोत्रः..अमुकप्रवरः...अमुकनाम शर्माहम् र अमुकनामदेवी अहम् र मम पुरुषोत्तममास व्रतसिद्धये सोपस्करं त्रयत्रिंशदपूपदानमहं करिष्ये, तत्कर्मणि अमुकगोत्रम् अमुकनामशर्माणं ब्राह्मणम् अपूपदानग्रहीतृत्वेन त्वामहं वृणे । इति संकल्प्य ब्राहृमणवरणं कुर्यात् । ब्राहृमणलाई वरण गर्ने अनि प्रायश्चित्त गोदान गर्ने । त्यसपछि पहिले काँसका थालमा तल लेखिएका १–१ भगवान् पुरुषोत्तमका नाम पढ्दै क्रमशः एउटा–एउटा मालपुवा प्रत्येक पटक राख्दै ३३ वटा माल पुवा काँसका थालमा राखिसक्ने । ती नाम यस प्रकार छन्
१, ॐ विष्णवे नमः २, ॐ जिष्णवे नमः ३, महाविष्णवे नमः ४, ॐ हरये नमः ५, ॐ कृष्णाय नमः ६, ॐ अधोक्षजाय नमः ७, ॐ केशवाय नमः ८, ॐ माधवाय नमः ९, ॐ रामाय नमः १०, ॐ अच्युताय नमः ११, ॐ पुरुषोत्तमाय नमः १२, ॐ गोविन्दाय नमः १३, ॐ वामनाय नमः १४, श्रीशाय नमः १५, ॐ श्रीकण्ठाय नमः १६ ॐ विश्वसाक्षिणे नमः १७, ॐ नारयणाय नमः १८, ॐ मधुरिपवे नमः १९, ॐ अनिरुद्धाय नमः २०, ॐ त्रिविक्रमाय नमः २१, ॐ वासुदेवाय नमः २२, ॐ जगद्योनये नमः २३, ॐ अनन्ताय नमः २४, ॐ शेषशायिने नमः २५, ॐ संकर्षणाय नमः २६, ॐ प्रद्युम्नाय नमः २७, ॐ दैत्यारये नमः २८, ॐ विश्वतोमुखाय नमः २९, ॐ जनार्दनाय नमः ३०, ॐ धरावासाय नमः ३१, ॐ ब्रहृमणे नमः ३२, ॐ भास्कराय नमः ३३, ॐ श्रीपतये नमः इति ।

त्यसपछि काँसमका थालमा राखी अर्को काँसकै थालले ढाकी, पहेंला वस्त्रले छोपेर त्यसलाई धागाले सात फेरा बाँधेर ब्रहृमाण्डको प्रतिनिधि बनाउने । दुईटा थाल गर्न नसक्ता टपरीले छोप्ने र पहेंलाकपडाले छोपी धागाले सातफेरा बाँध्ने । त्यसपछि काँसका कचौरामा घ्यू, सुवर्ण प्रतिमा र बोहोतामा काला तिल राखी तिलमा पुरुषोत्तको प्रतिमा राखेर त्यसलाई सम्पुट मालपुवामाथि राखी पूर्वोक्त उनै माथिका ३३ नामले तिल, तुलसी पत्र, मञ्जरी फूल आदिले पूजा गरी धूप–बत्ती, नैवेद्य चढाउने । त्यसपछि पुष्पाञ्जलि गर्ने मन्त्र यसप्रकार छ-
ॐ वन्दे नवघनश्यामं द्विभुजं मुरलीधरम् ।
पीताम्बरधरं देवं सराधं पुरुषोत्तमम् ।।
नौमि नवघनश्यामं पीतवाससमच्युतम् ।
श्रीवत्सभासितोरस्कं राधिकासहितं हरिम् ।।
विश्वेश्वराय विश्वाय तथा विश्वोद्भवाय च ।
नमो विश्वपते ¤ तुभ्यं गोविन्दाय नमो नमः ।। इति।

त्यसपछि संकल्पपूर्वक दान गर्ने । पूजा गरिएका ३३ मालपुवाबाहेक अरू चढाएका नैवेद्य मालपुवामध्ये केही नैवेद्य सबैलाई बाँड्नका लागि अलग्ग राखेर अपूपदान संकल्प गर्ने अपूपदान संकल्प यसप्रकार छ– ॐ अद्येह अमुकगोत्रः र अमुकगोत्रा र अमुकप्रवरः अमुकनामशर्माहं र अमुकनामदेवी अहम् र (वर्माहम्, गुप्तोहम् इत्यादि) मम पुरुषोत्तममासि विपुललक्ष्मीपुत्रपौत्रायुरारोग्यैश्वर्यभुक्तिमुक्तिप्राप्तिपूर्वकं ब्रहृमाण्डदानजन्यफलावाप्तये सकलान्तर्बाहृयपापविशुद्धिद्वारा भगवत्पुरुषोत्तमप्रीतये यथामिलितोपचारैः विष्ण्वादिश्रीपतिपर्यन्तत्रयत्रिंशद्देवतात्मकविष्णुरूपिसहस्रांशुभगव
त्पुरुषोत्तमनारायणपूजनपूर्वकं पुरुषोत्तममासपर्वव्रतपरिपूर्तये
पुरुषोत्तमव्रतजन्यफलसिद्धिद्वारा पुरुषोत्तमप्रीतये त्रयत्रिंशदपूपोपेतं कांश्यपात्र (सुवर्ण) घृत (ताम्बूल फल) दक्षिणादिसोपस्करं पुरुषोत्तमदैवतम् अद्येह अुकगोत्राय अमुकनामशर्मणे सुपूजिताय पुरुषोत्तमस्वरूपाय ब्राहृमणाय तुभ्यमहं सम्पददे ॐ तत्सत् नमम । इति ब्राहृमणहस्ते दद्यात् । ततः प्रार्थनां कुर्यात्
विष्णुरूपिन् सहस्रांशो सर्वपापप्रणाशन ।
अपूपान्नप्रदानेन मम पापं व्यपोहतु ।।
नारायण जगद्बीज भास्करप्रतिरूपक ।
दानेनानेन पुत्राँश्च सम्पदश्च विवर्धय ।।
यस्य हस्ते गदाचक्रे गरुडो यस्य वाहनः ।
शंखः करतले यस्य स मे विष्णुः प्रसीदतु ।।
इति प्रार्थनां कृत्वा दानप्रतिष्ठां दद्यात् ।
अनि पूर्णपात्रो र सिधा दक्षिणा आदि गर्ने ।

ॐ सराधाय पुरुषोत्तमाय नमः तीनपटक भन्ने । अनि हात जोडेर फेरि प्रार्थना गर्ने र तव तत्व नजानामि कीदृशोक् सि महेश्वरः । यादृशोक् सि महादेव तादृशाय नमो नमः भनेर भूमिमा प्रणाम गर्ने । ॐ सराधाय पुरुषोत्तमाय नमः।। इति ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?