कालीकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव सीले नेपाललाई अमेरिकी साम्राज्यवादले युक्रेन बनाउन खोजे त्यसको प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी कालीकोट र जुम्ला जिल्लाले सोमबार सिमाक्षेत्र नाग्गमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्नुहुँदै महासचिव विप्लवले विदेशी हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य नहुने र त्यसको प्रतिवाद गर्ने चेतावनी दिनुभएको हो ।
महासचिव विप्लवले अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नो सेना गोप्य रुपमा राखिसकेको खुलासा समेत गर्नुभयो । उहाँले अमेरिकीकाले घोषित रुपमा नेपालमा सेना राख्ने षड्यन्त्र गरिरहेको बताउनुभयो । ‘नेपालमा अमेरिकीको सेना बसिसकेको छ, तर उ खुल्ला भएर राख्न चाहान्छ, एमसीसी र एसपीपीका माध्यमबाट आएको छ ,यसको नेकपाले कडा प्रतिवाद गर्छ ।’ महासविच विप्लवले भन्नुभयो ।
नेपालमा दलाल पुँजीवादी गणतन्त्रले देश र जनताको रक्षा हुन नसक्ने ठोकुवा गर्दै नेपालमा नेपाली विशेषताको समाजवाद अहिलेको संकटको उचित निकास हुने बताउनुभयो । उहाँले भन्नुभयो । ‘नेपालमा पछाडी फर्किएर होइन, अग्रमामी निकास खोज्नु पर्छ, त्यसका लागि समाजवाद भन्दा अर्को विकल्प छैन् ।’ महासचिव विप्लवले नेपालको राजनीतिक सिंहदबार वरिपरि गोल चक्करमा घुमिरहेको बताउँदै अब जनतातीर फर्किएको राजनीतिक व्यवस्था समाजवाद आवश्यक भएको बताउनुभयो ।
अर्को प्रसंगमा महासचिव विप्लवले स्याउ रोप्नु देश र जनताको आत्मनिर्भर अर्थतन्त्रको जग भएकाले उत्पादन पनि अर्को जनयुद्ध भएको टिप्पणी गर्नुभयो । जनयुद्ध भनेको परिवर्तनको युद्ध हो आर्थिक जीवनमा जनतालाई परिवर्तन गर्न हामी उत्पादको योजनामा छौ, यो पनि जनयुद्ध नै होे उहाँले भन्नुभयो ।
देश र जनताको एकपटक नेतृत्व गर्ने चाहाना भएको भन्दै जनतालाई एकपटक आफ्नो पार्टीलाई साथ दिन आग्रह समेत गर्नुभएको छ । उहाँले जुम्ला र कालीकोटमा स्याउ रोप्न आउँदा जनताले धेरै माया गरेको भन्दै धन्यवाद समेत दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच