फागुन १ लाई जनयुद्ध दिवस मनाउने सरकारी निर्णयमा अदालतको रोक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सर्वोच्च अदालतले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने र बिदा दिने निर्णय बदर गरेको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको अजसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गत वर्ष फागुन १ गतेलाई जनयुद्ध सुरु भएको दिनको सम्झनामा सार्वजनिक बिदा दिने र राष्ट्रिय पर्वको रुपमा मनाउने निर्णय गरेको थियो ।

सरकारको निर्णयविरुद्ध रामेछापका ज्ञानेन्द्रराज आरन र कल्याण बुढाथोकीले सर्वोच्चमा रिट दर्ता गराउनु भएको थियो ।

माओवादीले युद्ध थालेको दिनलाई राष्ट्रिय दिवस मनाइँदा उनीहरुबाट मारिएका हजारौं द्वन्द्वपीडित र तीनका परिवारमाथि अन्याय हुने रिटमा जिकिर गरिएकाे थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?