टी-२० विश्वकपमा छनौट भयो नामिबिया

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नामिबिया २०२४ को टी-२० विश्वकपका लागि छनौट भएको छ । मंगलबार नामिबियाले तान्जानियालाई ५८ रनले पराजित गर्दै २०२४ को टी-२० विश्वकपका लागि अफ्रिकी छनौटबाट आफ्नो स्थान सुरक्षित गरेको हो ।

नामिबियाका विश्वकप छनौटमा यो लगातार पाँचौं जित हो । ५ जितमा १० अंक हासिल गरेको नामिबिया शिर्ष स्थानमा रहेको छ र अब छनौट अन्तर्गत एक खेल खेल्न बाँकी रहदै विश्वकपका लागि स्थान पक्का गरेको छ ।

नामिबियाले अब विहिबार नाइजेरियासँग खेल्ने तालिका रहेको छ ।

त्यस्तै अब अफ्रीका क्षेत्रबाट अर्को एक स्थानका लागि युगाण्डा, केन्या र जिम्बाबे प्रतिष्पर्धामा रहेका छन् । युगाण्डा र केन्याको ४-४ खेलमा ६-६ अंक रहेको छ र दुवैको सम्भावना उत्तिकै रहेको छ । अहिले रनरेटको आधारमा युगाण्डा दोस्रो र केन्य तेस्रो स्थानमा रहेका छन् । त्यस्तै जिम्बाबेको ४ खेलमा ४ अंक रहेको छ र विश्वकप छनौटको सम्भावना कायमै रहेको छ ।

फ्रीका छनौटबाट २ देश विश्वकपमा छनौट हुने छन् । जसमा ७ देशले प्रतिष्पर्धा गर्दै छन् । अफ्रिका छनौटमा नामिबिया र जिम्बाबेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवाण्डा र तान्जानिया सहभागी रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?