अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयो : अध्यक्ष ओली

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

बैतडी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा अन्योल र निराशा र जनता विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको बताउनुभएको छ ।

बिहीवार बैतडीको गोठलापानी आयोजित महाकाली-मेची अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले राजाको शालिक बनाएर श्री ५ महाराजधिराज लेखी असंवैधानिक काम भइरहेको बताउनु भयो ।

गणतन्त्रको बिरोध गर्ने दुःशाहसी काम भइरहेको बताउनु भयो । उहाँले अब नेपाली जनता पछाडि फर्किन नसक्ने भन्दै कोही धनी र कोही गरिव हुन जन्मिने कुरा स्वीकार्य नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनतामा अन्योल र निराशा बढ्दै गएको हुनाले जनता विदेशतिर पलायन हुँदै गएको हुनाले अहिले प्रतिक्रियावादी प्रतिगामी शक्तिहरु मौका आउँछ की भनेर दुलाबाट टाउको निकालेर फेरि सल्बलाउन खोजेका छन् । अहिले हामी देखिरहेका छौँ, कहीँ उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले शालिक बनाएर, अहिले श्री ५ महाराजधिराज भनेर शालिक लेखेर तमासा गर्ने असंवैधानिक काम अहिले भइरहेको छ । गणतन्त्रको बिरोध गर्ने, त्यो दुःशाहसी काम भइरहेको छ । लोकतन्त्रको बिरोध गर्ने दुःशाहसी काम भइरहेको छ । तसर्थ हामी पछाडि फर्किन सक्दैनौँ, फेरि हामी रैति हुन सक्दैनौँ । फेरि हामी दास हुन सक्दैनौँ । फेरि हामी छुवाछुत र अनेक प्रकारतिर फर्किन सक्दैनौँ । फेरि हामी जन्मिँदै कोही राजा हुन जन्मिन्छ, कोही दास, कोही धनी र कोही गरिव हुन जन्मिन्छ, भनेर मान्दैनौँ । अब गरिबी अन्त्य गर्नैपर्छ । अभाव, भोकमरी समाप्त गर्नैपर्छ, त्यो काम सरकारको हो ।’

अध्यक्ष ओलीले अब गरिबी, अभाव, भोकमरीको अन्त्य गर्नुपर्ने र त्यो काम सरकारको भएको बतउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?