लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्बन्धि अभिमुखिकरण

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत २०८० को अवसरमा मानवअधिकार सम्बन्धि सरोकारवालासँग शुक्रबार अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

जिल्लाको सदरमुकाम मान्ममा मानवअधिकार, बालबिवाह, छाउपडी प्रथा, जातीय छुवाछूत तथा भेदभाव सम्बन्धि वडा स्तरीय सरोकारवालासँग अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

युरोपियन युनियनको आर्थिक सहयोग, प्लान इन्टरनेशनल नेपाल, फेडो नेपाल कालीकोटको साँझेदारी र मानवअधिकार तथा विकास संचार केन्द्र (हुर्डेक) नेपाल कालीकोटको आयोजनामा खाँडाचक्र नगरपालिका वडा नं. १, २ र ११ नम्बर वडाका जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरुसँग विभिन्न हिंसाका बारेमा अभिमुखीकरण गरिएको छ । हुर्डेक नेपालका सचिव रिता आचार्य चौलागाईँको अध्यक्षता तथा खाँडाचक्र नगरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष देवराज भारतीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मानवअधिकारकर्मी कालीबहादुर मल्लले विभिन्न हिंसाहरुको बारेमा मानव अधिकारकर्मी सहभागिलाई प्रशिक्षण गराउनुभएको छ । मानवअधिकार लगायत समाजमा हुने विभिन्न हिंसालाई न्यूनिकरण गर्न र समुदाय स्तरमा जनप्रतिनिधिले गर्नुपर्ने कार्यका विषयमा प्रशिक्षण गराइएको थियो ।

सहभागिले प्रायः जसो हिंसाहरु न्यूनीकरण भएपनी समाजमा अझै हिंसाका विभिन्न कारणले विभिन्न समस्या भित्रिने गरेकाले सबैले चासो दिएर लाग्नुपर्ने र कुरीती कुसंस्कार न्यूनीकरणमा मानवअधिकारकर्मी लगायत सरोकारवालाहरुले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

कार्यक्रममा जिल्ला स्थित विभिन्न छापा, अनलाइन, रेडियो टेलिभिजनमा कार्यरत पत्रकारहरुको समेत उपस्थित थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?