काठमाडौंमा पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव शुरु

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । काठमाडौंमा आजबाट पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेस्टिबल) शुरु भएको छ ।

३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनमा राखिएको छ । कला महोत्स्वको शुभारम्भ गर्दै युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले कलाकारिता क्षेत्रमा अथाह सम्भावना रहेको बताउनु भयो । उहाँले कलाकृतिको माध्यमबाट देश तथा विदेशमा विभिन्न सन्देशमुलक अभियान सञ्चालन गर्न सकिने बताउनु भयो ।

उहाँले कलाकारिताको क्षेत्रलाई अझै बिस्तार गरेर लैजान सरकारको तर्फबाट गर्नुपर्ने सहयोग गर्न आफू तयार रहेको बताउनु भयो । उहाँले बिस्तारित रुपमा कलाकारितको क्षेत्रलाई अघि बढाउन सरकारले कहाँ र कसरी अघि बढ्ने भन्ने सुझाव विज्ञहरुले दिनुपर्ने बताउनु भयो । उहाँले विदेशी पाहुनासँग भएका सीपहरु, क्षमतालाई नेपाली समाजले सहजतापूर्वक ग्रहण गर्ने विषय भमहत्वपूर्ण ढंगले मेलामा ग्रहण गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म राजनीति क्षेत्रमा लागेको मान्छे अझै धेरै पछाडि रहेछु । हामी एकोहोरो बग्गी तान्ने घोडा जस्तो खालि राजनीतिमा मात्रै लाग्यौँ । यति अथाह क्षेत्र रहेछ । अहिले हेर्दा पछि परेको अनुभुति भएको छ । कलाकारिता क्षेत्र अझै अथाह छ । यसको माध्यमबाट जे सन्देश दिन खोजिरहनुभएको छ त्यो देशका लागि महत्वपूर्ण छ ।

फराकिलो ढंगले लिएर जान सरकारले कहाँ र कसरी उभिने भन्नेबारेमा यो क्षेत्रमा लागेका व्यक्तिले घच्घच्याउनु पर्छ । यसको व्यापक बिस्तार गर्न सरकारले सहयोग गर्नेछ । विदेशी पाहुनासँग भएका सीपहरु, क्षमतालाई नेपाली समाजले सहजतापूर्वक ग्रहण गर्ने विषय महत्वपूर्ण ढंगले लिनुपर्छ । सबै क्षेत्रमा सबै मिलेर काम गर्नुपर्छ । सरकारले एक्लै सक्दैन ।’

मन्त्री लिम्बूले कलाकारिता क्षेत्रको विकास सरकार एक्लैले मात्रै नसक्ने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्याण्ड, बङ्गलादेश, भारत, अष्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आइपुगेका छन् । सहभागी गराइने तीन सय ४० कला सिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सिर्जना सहभागी छन् । कलाकारले काठमाडौंको सम्पदा क्षेत्रका चित्र जलरङका माध्यमबाट सिर्जना गर्ने भएकाले नेपालको पहिचान विश्वसामु पस्किन पाइने र पर्यटन प्रवद्र्धनमा पनि ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?