सांसदको शपथ नलिएका महेन्द्रराय माओवादीकाे सिंहदरबार बैठकमा

Read Time = 1 min

काठमाडौं । प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण समारोहमा सहभागी नभएको महेन्द्रराय यादव नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा देखापर्नुभएको छ ।

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको र हितराज पाण्डेलाई प्रमुख सचेतक बनाउने निर्णयलाई अनुमोदन गर्न बसेको संसदीय दलको बैठकमा राय देखिनुभएको हो । सिंहदरबारस्थित संसदीय दल कार्यालयमा बसेको बैठकमा उहाँसहभागी हुनुभयो ।।

सर्लाही–२ मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई हराउँदै प्रतिनिधिसभामा विजयी बन्नुभएको हो । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता भए पनि माओवादी केन्द्रको हसियाँ हथौडा चुनाव चिह्न लिएर विजयी हुनु भएको थियो ।

रायले शुक्रबार प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिने हुनु भएको छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?