काठमाडौं । पछिल्लो समय नेपालमा पर्यटक आउने क्रम बढ्न थालेको छ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय आठजना नेपाल भित्रिएका हुन् । नोभेम्बरमा मात्रै एक लाख आठ हजार छ सय पर्यटक नेपाल भित्रिएका छन् ।
बोर्डका अनुसार अघिल्लो महिना अक्टोबरमा हालसम्मकै बढी एक लाख १७ हजार तीन सय छ पर्यटक नेपाल भित्रिएका थिए । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । बोर्डका निर्देशक मणिराज लामिछाने पर्यटक आगमन निरन्तर बढिरहेकाले लक्ष्यमा पुग्न सहज हुने बताउनुहुन्छ । पर्यटक आगमनको मुख्य स्रोत बजार छिमेकी मुलुक भारत, चीन, अमेरिका, बेलायत, अष्ट्रेलिया, श्रीलंका, बंगलादेश रहेका छन् । नोभेम्बरमा कुल पर्यटक आगमनमध्ये २० प्रतिशत भारतबाट आएका छन् । भारतबाट हवाईमार्ग भएर २४ हजार चार सय ४३ जना पर्यटक नेपाल आएका छन् ।
त्यस्तै, अमेरिकाबाट ११ हजार चार सय ६१ जना नेपाल आएकोमा चीनबाट सात हजार छ सय एक, बेलायतबाट छ हजार एक सय ३८, अष्ट्रेलियाबाट पाँच हजार ६०, थाइल्याण्डबाट तीन हजार सात सय ६१, जर्मनीबाट तीन हजार पाँच सय १२, श्रीलंकाबाट तीन हजार दुर्ई सय २८ र फ्रान्सबाट तीन हजार दुर्ई सय पाँचजना पर्यटक भित्रिएको बोर्डको तथ्यांकमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच