प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईको भ्रमण सकेर आज स्वदेश फर्किँदै हुनुहुन्छ। फ्लाई दुबईको उडानमार्फत् प्रधानमन्त्री दाहाल आज साँझ ६ बजे काठमाडौं आइपुग्नु हुनेछ।

गत मंसिर १३ गते दुबईमा आयोजित जलवायु सम्बन्धी सम्मेलन कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड युएई प्रस्थान गर्नुभएको थियो ।

गत शनिबार प्रधानमन्त्री प्रचण्डले कोप २८ सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकार- जलवायु संकटबाट हामीलाई कसले बचाउने छ ?’ कार्यक्रम आयोजना गरेका थिए । सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?