म्युनिख । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडान रद्द गरिएका थिए । सिएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाए अनुसार हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरू बन्द गरिएको थियो ।
जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेशन आगमनका लागि बन्द गरिएको थियो भने, लामो दूरीका अन्य यातायातका सेवाहरू पनि स्थगन गरिएको थियो । रेल यातायात सोमबारसम्म ‘गम्भीर रूपमा प्रभावित’ हुने पनि कम्पनीले जनाएको छ । यसबाट ठूलो संख्यामा यात्रुहरू म्युनिखको मुख्य स्टेशनमा अलपत्र परेको जर्मनीमा आधारित अखबार सुदेट्च जेतुङलाई उद्धृत गर्दै समाचार सम्प्रेषण गरिएको छ ।
शनिबार, प्रहरीले म्युनिखका जनतालाई अत्यावश्यक नभएसम्म सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको थियो । यसैबीच, दक्षिणी बाभेरियाका केही भागहरूमा मानिसहरूलाई घरबाट बाहिर ननिस्कन भनिएको पनि सिएनएनले म्युनिख प्रहरी प्रवक्तालाई उद्धृत गर्दै जनाएको छ ।
बायर्न म्युनिख र युनियन बर्लिनबीच शनिबार हुने भनिएको फुटबल खेल पनि ‘सुरक्षा जोखिम र ट्राफिक अवस्थाका कारण’ स्थगित गरिएको बायर्न म्युनिखले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
शनिबार, म्युनिखमा ४४ सेन्टिमिटर हिउँ परेको सिएनएनले बाभेरियन सार्वजनिक प्रसारक बेइरिस्चर रुन्डफंकलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
म्युनिखमा शनिबार ४५ सेन्टिमिटर हिउँ परेको थियो जुन सन् १९३३ पछिको डिसेम्बरको पहिलो रेकर्ड हो । यसअघि २९ डिसेम्बर १९३८ मा ४४ सेन्टिमिटर हिउँ परेको थियो ।
बाभेरियामा यसपालि १७ वर्षयताकै भारी हिमपात भएको छ । बाक्लो हिमपातसँगै यहाँको उडान र गुडान दुवै यातायात प्रत्यक्ष रूपमा प्रभावित हुने गर्दछ । रासस/एएनआई ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच