कैलाली र कञ्चनपुरमा सीमास्तम्भ मर्मत तथा रङरोगन लगाउन शुरु

फाइल तस्वीर

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 5 mins

कैलाली । कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन गर्न सुरु भएको छ । यस अघी भारतिय पक्षले जोर सिमा पिल्लर मर्मत तथा रङरोगन गरिसकेको छ । नेपाली पक्षले कैलाली कञ्चनपुरमा आजदेखी पिल्लर मर्मत तथा रङरोगन शुरु गरेको हो । सशस्त्र प्रहरीले सिमा पिल्लरहरुको मर्मत तथा रङरोगन गर्ने छ । कैलालीको धनगढी उपमहानगरपालिका ९ बङ्गग्राकटान स्थित ७४९–१ नम्बरको सिमा स्तम्भमा रङरोगन गरी सशस्त्र प्रहरीले सिमा स्तम्भ मर्मत तथा रङरोगन कार्यको शुरुवात गरेको हो ।

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, सशस्त्र प्रहरी बल नम्बर ७ मुख्यालय अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक कुमार न्यौपाने, धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रेम भण्डारी, वडा नम्बर १० का अध्यक्ष शिवकुमार राना लगायत भारतीय सीमा शुरक्षा बलका प्रतिनिधि सहितको उपस्थितिमा सशस्त्र प्रहरीले सीमा स्तम्भमा रङरोगन शुरु गरेको हो । उपस्थित अतिथिहरुले पिल्लरमा रिबन काट्नुका साथै रङ लगाएर स्तम्भ मर्मत तथा रङरोगन कार्यको सुभारम्भ गरेका हुन् ।

कञ्चनपुरमा भने पुनर्वास नगरपालिकाको डोकेबजारबाट मर्मत सम्भारको काम सुरु भएको हो । यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको सशस्त्र प्रहरी नायब महानिरिक्षक न्यौपानेले बताउनुभयो । बिजोरी सीमास्तम्भ सशस्त्र प्रहरी र जोरी पिल्लर भारतीय एसएसबीले मर्मत तथा रङरोगन गरिसकेको छ उहाँले भन्नुभयो “कञ्चनपुरतर्फ सशस्त्र प्रहरीको नम्बर ३५ गण मुख्यालय र कैलालीमा नम्बर ३४ गणले सिमा स्तम्भको मर्मत तथा रङरोगन गर्ने छ ।”

कैलालीमा रहेका १ सय ३ वटा सिमा स्तम्भ सशस्त्र प्रहरी कैलाली नम्बर ३४ गणले मर्मत तथा रङरोगन गर्ने उहाँले बताउनुभयो । कञ्चनपुरका ६६ सिमा स्तम्भ सशस्त्र प्रहरीको ३५ नम्बर गण कञ्चनपुरले मर्मत तथा रङरोगन गर्ने न्यौपानेले बताउनुभयो । सिमामा रहेका स्तम्भहरु मर्मत तथा रङरोगनको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएपछि झन गुणस्तरिय काम हुने स्थानिय प्रशासनले अपेक्षा लिएको छ । सिमामा रहेका नेपाली स्तम्भहरुको मर्मत सम्भार र रङरोगनले स्तम्भहरु बारे स्पस्ट जानकारी समेत हुने बताइएको छ । सीमा स्तम्भ रङरोगन संगै सशस्त्र प्रहरीले सिमामा हुने चोरी तस्करी र अपराधिक क्रियाकलाप समेत नियन्त्रणमा महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा लिइएको छ ।

यसले सिमाको शुरक्षा हुने त छदै छ कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले भन्नुभयो “सीमा पिल्लर रङरोगनले यहाँका नागरिकको जनजिवन सहज बनाउन समेत कोसेढुगां साबित हुने छ, यसले छिमेकी सम्बन्धको भातृत्व सम्बन्ध समेत प्रगाढ बन्ने छ ।” यसले छिमेकी देशको सिमा शुरक्षा बल संग समेत आत्मियता बढ्ने प्रमुख जिल्ला अधिकारी कट्टेलले बिश्वास ब्यक्त गनुभयो ।

सिमा स्तम्भ मर्मत तथा रङरोगनका लागिसरकारले नापी विभागबाट समेत एक जना प्रतिनिधि खटाएको छ । विसं २०१४ पछाडि बनेका सीमास्तम्भ मात्रै मर्मत÷सम्भार गर्ने जिम्मेवारी सरकारबाट प्राप्त भएको छ । सरकारी निर्देशन अनुसार सिमामा रहेका स्तम्भहरु मर्मत सम्भार संगै रङरोगनमा जुटेको सशस्त्र प्रहरीले सीमाको रक्षा र सीमामा हुने चोरी तस्करी नियन्त्रणमा थप सशक्त बनाउने अपेक्षा लिइएको छ

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?