एकीकृत समाजवादी सचिवालय बैठक : महाधिवेशन सार्ने विषयमा भोलि बस्ने बैठकले निर्णय गर्ने

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीको राष्ट्रिय महाधिवेशनको सम्बन्धमा भने भोलि(मंगलवार) बस्ने बैठकले निर्णय गर्ने जानकारी दिनुभयो ।

उहाँले पार्टी महाधिवेशनका लागि पूर्व निर्धारित मिति(माघ १४–१८)मा गर्नका लागि देशको अवस्था र तयारीको कारण प्रभावित पारेको भन्दै सो सम्बन्धमा आवश्यक निर्णय हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय सभा निर्वाचनको लागि नेकपा(एकीकृत समाजवादी)लाई निर्वाचन आयोगमा दल दर्ता गर्ने भन्ने मात्रै निर्णय गरेका छौँ । भोलि ११ बजे फेरि बैठक बस्ने छ । राष्ट्रिय महाधिवेशन लगायत अन्य यावत सन्दर्भहरुमा हामी भोलि नै निर्णय लिनेछौँ । आजको सारांशमा बैठक यतिमै सकिएको छ । महाधिवेशन माघ १४ गतेदेखि १८ गतेसम्म गर्ने पहिल्यै तय गरेका थियौँ । समाजवादी जागरण अभियानमा हामी हिँड्यौँ । आम कार्यकर्ताहरुबाट पार्टी संगठनलाई सुदृढ गर्नका निम्ति पार्टीले अरु थप काम गर्नुपर्ने सुझावहरु पनि प्राप्त भयो । जाजरकोट, रुकुम, सल्यानमा गएको भूकम्पका कारणले जनताको धनजनमा ठूलो क्षति भएको अवस्थामा राष्ट्रिय महाधिवेशनको तयारी गर्नका निम्ति कतिपय मानविय संवेदनशिलताका विषयहरु पनि जोडिएको कारणले त्यसले पनि प्रभावित ग¥यो । माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनको तयारीको सन्दर्भले पनि हामीलाई अलिकति बाधा पु¥याएको छ । यि सबै कुरालाई हेरी, पार्टी संगठन सुदृढीकरणको आम आवश्यकता, आजको परिस्थिति, भुकम्पको स्थिति, राष्ट्रिय सभाको निर्वाचन र समग्र कामको तयारी व्यवस्थापनका विषयहरुलाई हेरेर हामीले निर्णय लिनुपर्ने भएको हुनाले यि निर्णय गर्ने कुरालाई भोलिका लागि सारेका छौँ ।’

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रवक्ता खतिवडाले मध्यावधि निर्वाचनको कुनै सम्भावना नभएको बताउनु भयो । उहाँले केही राजनीतिक दलहरुले सरकारलाई अस्थिर बनाउने र कमजोर पारी राजनीतिक रोटी रोक्नका लागि मध्यावधिको हल्ला गरेको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘मध्यावधि निर्वाचनलाई पार्टीगत रुपमा छलफलको विषय बनाएका छैनौँ । नेपालको संविधानले अचानक कसैलाई चाहने बित्तिकै श्री केपी ओलीले बिगतमा दुई तिहाइ बहुमतको लागि मलाई भोट दिनुहोस् भनेर मध्यावधि घोषणा गरेजस्तो परिस्थिति नेपालको संविधानले उल्लेख गरेको छैन । यसले धारा ७६(२) बाट ३ हुँदै ५ सम्म नपुगिकन अरु विकल्पहरु खोज्न सकिदैन । यसकारण मध्यावधि चुनावको आज कुनै सम्भावना देखिएको छैन । दोस्रो कुरा मध्यावधि चुनाव केही राजनीतिक दलहरुले सरकारलाई अविश्वसनीय र अस्थिर बनाउने, सरकारलाई कमजोर पार्ने र आफ्नो राजनीतिको रोटी सेक्ने हल्ला मात्रै हो भन्ने मैले बुझेको छु ।’

एकीकृत समाजवादीको सचिवालय बैठक भोलि(मंगलवार) बिहान ११ बजे पुनः बस्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?