काठमाडौं । एभरेष्ट बैंकले काठमाडौंको टोखा नगरपालिका ६ टोखामा १२८औँ शाखा विस्तार गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङले संयुक्तरूपमा शाखाको उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा टोखा नगरपालिकाका उपमेयर तामाङले टोखामा बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताउनुभयो । पछिल्लो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगेको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ ।
पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंकका हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहक रहेको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच