मेरो अतित मेरो अनुभव : स्मरणमा पुरानो काठमाडौं शहर

Read Time = 12 mins

✍️ रमेशप्रसाद गौतम

२००९ सालतिरको घटना होला । १२ वर्षे गोदावरी मेला लागेको थियो । हाम्रो अध्यात्मिक र धार्मिक धारणाअनुसार उक्त गोदावरी कुण्डमा नुहाउँदा धर्म हुने रोगव्याधी नलाग्ने मान्यताले हाम्रा अग्रज प्रभावित थिए । मेलामा आमा दाजुहरू साथै मलाई पनि लानु भएको थियो । पिताजी जानु भएन । अरु सबै भाउजू, दाइहरू, भाइ, म, आमा साथै गाउँका माइला बा साइला बाका परिवार पनि थियौँ । मलाई घरका सहयोगी गोरे दाइले बोकेका थिए । काठमाडांैबाट कता हँुदै कुसुन्ती पार गर्दै हात्तीवन हुँदै गोदावरी कुण्ड पुगौँ । आमाले समाएर कुण्डमा चोपल्नु भयो । किनारामा कपडा फेरि विस्तारै सबैले नुहाएपछि घरतर्फ फर्कियौँ । गोदावरी कुण्ड हुँदै किटिनीको बाटो गरी बाँडेगाउँ आयौँ ।

बाँडेगाउँमा आएपछि लहरीमा धेरै मानिस बसेर कुण्डमा नुहाउन आएका देख्यौँ । लहरी शायद मैले पहिलोपटक देखेको हुँला लहरी देखेर अचम्मित भएँ । ठूलो आवाजमा बाटोमा गुडेको लहरीले बाटो थर्काउँदै दौडेको देखेर गोरे दाइले सोधे बाबुले लहरी देख्यौ ? कसरी दोडिन्छ । यसले मान्छेलाई किच्न सक्छ । यो आएपछि साइडमा उभिनुपर्छ भनेपछि अलि तर्सन थालेँ । अब फर्किंदा लहरी चढेर जाने हो भन्न थाले । म त चढ्दिन भनेपछि आमाले गोरेदाइ र दाजु्हरू विस्तारै हिँडेर वा लहरी चढेर जानू भन्नुभयो । मलाई र भाइ उमेशलाई लिएर कुसुन्तीस्थित फुपूको घरमा लग्नु भयो र राति त्यहीँ बस्यौँ । चार फुपूहरू थिए एउटा फुपू कालिमाटी डोल, अर्की फुपू कागेश्वरीमा, माइली फुपू हामीसँगै र कान्छी फुपू कुसुन्तीमा हुनुहुन्थ्यो ।

हाम्रा धर्म संस्कृति, रीति रिवाज परम्परा आदिले अनुशासित बनाएको यदि यो नभइदिएको भए मानिस नि पशु समान हुन्थ्यो होला भनेका कुरा यथार्थ सत्य लाग्दछ । आज हाम्रो समाज बिग्रँदै जानुमा यिनै कारण छन् ।

फुपूले माया गरेर हामीलाई खुवाउनु भयो । रातमा सुविस्ताजनक कोठा र बिस्तारा दिएर आमा भाइ र म सँगै सुत्यौँ । भोलिपल्ट खाना खाएपछि घर जाने तरखरमा लाग्यौँ तर अझै घर पुग्न दुई घण्टाको बाटो थियो । आमाले मात्र हामी दुईलाई लान सक्ने अवस्था थिएन । एकजना फुपाजुका छोरा हाम्रा भानदाइले हामीलाई पालैपालो बोकेर घर पुर्‍याउनु भयो । यो सम्झनाले फुपू र भन्दाइप्रतिको स्नेह र ममतालाई स्मरण गराउँदछ । भानदाजुहरू सहयोगी हुँदारहेछन् भन्ने कुरालाई पुष्टि गर्दछ । हाम्रो संयुक्त परिवारको विशेषता नै यही हो ।

आज हामी सयुक्त परिवारबाट विचलित हुन थालेका छौँ । पश्चिमा जगत झैँ एकल परिवारप्रति आकर्षित हुँदै गएका छौँ । हाम्रो सदाचारको जग नराम्रोसँग खल्बलिएको छ । आमा बाबु बजै बाजेको सुसंस्कारयुक्त परिवारिक वातावरण छैन । विद्यालयमा मूल्य मान्यताको शिक्षा छैन । बाल बालिकामा सकरात्मक सोचको विकासतर्फ ध्यान दिइँदैन । भोगवादी सभ्यताको दुष्प्रभावले हाम्रो समाज गाँजिन पुगेको छ । नैतिकबल पनि घट्दै गएको छ संयुक्त परिवारबाट सिक्ने सदाचार नैतिक गुण सामाजिक व्यवहार आदिमा प्रहार भइरहेको छ ।

सदाचारको साधनाका लागि ठूला कुराभन्दा सामान्य कुराको महत्व हुन्छ । जुन हामीले आफ्ना आमा, बाबु, बाजे, बजै, दाजु, दिदी, फुपू, छरछिमेक आदिबाट सिकिरहेका हुन्छौँ । रुसोले भनेझैँ हामीलाई हाम्रा धर्म संस्कृति, रीति रिवाज परम्परा आदिले अनुशासित बनाएको यदि यो नभइदिएको भए मानिस नि पशु समान हुन्थ्यो होला भनेका कुरा यथार्थ सत्य लाग्दछ । आज हाम्रो समाज बिग्रँदै जानुमा यिनै कारण छन् । हाम्रो संस्कृति सामाजिक मूल्यमान्यतालगायत संयुक्त परिवारको मूल्यलाई बिर्सन नहुने रहेछ भन्ने कुरा लाग्छ ।

हामी संयुक्त परिवारमा हुँदा पाउनापासा पनि थुप्रै आउनुहुन्थ्यो । त्यसमध्ये हाम्रा भानदाजु भैरवप्रसाद बस्ताकोटी सारै विद्वान वेदान्तका प्रखर वक्ता उहाँको आफन्तलगायत देश विदेशमा समेत नाम चलेको थियो । उहाँ बेलाबेलमा मामाघर भनेर हामीकहाँ आउनुहुन्थ्यो । उहाँलाई पिताजीले सारै माया गर्नुहुन्थ्यो । काठमाडौं कालिमाटी डोल उहाँको घर थियो । प्राय उहाँ चितवन बस्नुहुन्थ्यो । सालको एक दुई चोटि वनारस पनि जार्ने गर्नुहुन्थ्यो ।

उहाँ काठमाडौं रहँदा प्रायः हाम्रो घरमा आउनु हुन्थ्यो । हामी के गर्छौं के पढिरहेका छौँ के बुझेका छौँ यसबारे गहिरिएर चासो राख्नुहुन्थ्यो । मेरा व्रतबन्ध पाँच वर्षमै भएको थियो । गायत्रीमन्त्र पिताजीले व्रतवन्धमा सुनाउनुभयो । त्यसपछि पिताजीले ३ दिन सिकाउनुभयो अनि म आफैँले जान्दछ भनेर पिताजीले छोडिदिनु भयो । भैरव भान्दाइ आउँदा कत्तिको शुद्ध गरी जप गर्छ भनेर अफू जप गरेकै ठाउँमा राखेर चेक गर्नु हुन्थ्यो । मैले शुद्ध गरी गायन्त्री मन्त्र जपेको रहेछ भनेर पिताजी र आमालाई सुनाउनुभयो ।

भानदाइ आध्यात्मिक सोच बनाइराख्न धेरै प्रेरणा दिनुहुन्थ्यो । पिताजीले बिहान उठ्नासाथ कहिले गीताको श्लोक सुनाएर व्याख्या गरिदिनु हुन्थ्यो कहिले भागवतको श्लोक त कहिले सामान्य नीतिका श्लोक संस्कृतिमा पाठ गर्नु हुन्थ्यो र नेपालीमा रूपान्तरण गरेर बताउनु हुन्थ्यो । यी आदिका प्रभावले गर्दा नै सानैदेखि पूजापाठ धर्म संस्कृतितर्फको मोह बढ्दै गयो । अहिले ममा रहेका स्वात्विक संस्कार र नैतिक बल उहाँहरूकै प्रेरणाले गर्दा पाएको हुँ ।

बाल्यकालदेखि आमाको सानिध्य र स्नेहले गर्दा सामान्य कीरा फट्याङ्ग्रासमेत मैले मार्न पाप लाग्छ भन्ने धारणा रहँदै आयो । बरू पहिलेको तुलनामा अहिले पूजापाठभन्दा ध्यानयोग र गायत्री मन्त्र बिहान ४ः३० बजेदेखि ६ः३० बजेसम्म गर्ने गरेको छु । बिहान उठेर मुख पुछेर ५ दाना भिजाइएको बदाम र आधालिटर मन तातो पानी खाएर आफैँ योगमा बस्ने गरेको छु । योगपछि १ः३० घण्टा बिहानको वाकमा जान्छु । आएर हाफ लिटर पानी चिया खान्छु । ११ बजेपछि नुहाउने काम गर्छु । अनि बिहानको भात खान्छु ।

तत्कालीन अवस्थाको काठमाडौं शहर शान्त र सुन्दर महसुस हुन्छ । ठाउँ ठाउँमा प्रदर्शनी स्थलहरू । नयाँ नौला सामान सालिक ठड्याइएका शहर सजाइएका सफा देखिने । मानिसको खासै कहीँ भीड हुँदैनथ्यो । घण्टाघर, वसन्तपुर, टुँडिखेलका केही झलक याद आउँछ ।

उपरोक्त सन्दर्भ पछिल्लो पाटोका कुरा आयो तर मेरो बाल्यकालकै विषयमा कतिपय कुरा बाँकी नै छन् । २०११/०१२ सालतिरको कुरा हुनु पर्दछ । तत्कालीन राजा महेन्द्रको राज्याभिषेकको समय होला । मेरा पिताजीले मलाई साथमा लिएर सहयोगी गोरेदाइ पनि सँगै गाउँबाट काठमाडौँ शहर घुमाउन लग्नुभयो । धेरै कुरा त सम्झिन मुस्किल छ तत्कालीन अवस्थाको काठमाडौँ शहर शान्त र सुन्दर चाहिँ महसुस हुन्छ । ठाउँटाउँमा प्रदर्शनी स्थल । नयाँ नौला सामान सालिक ठड्याइएका शहर सजाइएका सफा देखिने । मानिसको खासै कहीँ भीड देखिनँ । पिताजीले घुमाउँदै लगेका ठाउँमा घण्टाघर, बसन्तपुर, टुँडिखेलका केही झलक याद आउँछ ।

अहिलेभन्दा फराकिलो विनाबारको टुँडिखेल, घण्टाघरको घडी र विनापिचका प्रायः काठमाडौँको सबै सडक, गाडी त देख्नै मुस्किल तर मेरो सम्झनामा अहिलेभन्दा सुन्दर काठमाडौँ शहर घुमिसकेपछि पिताजीले मिठाइ पसलमा खाजाखान भनी लानुभयो । के खान्छस् भन्दै सोध्दै चखाउँदै कुन तलाई मिठो लाग्छ भन भन्दै विभिन्न परिकारका खुवाउनुभयो । पिताजी र गोरे दाइले एक-एक पाउ जेरी स्वारी खानुभयो । त्यसपछि पेडा, मालपुवा आदिको ठूलो पोको किन्नुभयो । त्यसपछि काठमाडौं डबलीमा आएर मसलाहरू किनेर सहयोगी गोरे दाइले बोके र हामी तीनैजना घरतर्फ फर्कियौँ ।

म हिँडन लर्खराएपछि गोरे दाइले बाबु हिँडन सकेनन् म बोक्छु भन्दै माया गरी घर ल्याए । पिताजीले मिठाइका धेरै पोका एक पाउ कुनै दुई पाउका ती सबै पिताजी आउनुभएको छ भनेर बाटामा उभिएर बसेका बुढाबुढी जो लौरो टेकेर उभिएका हुन्थे तिनलाई मिठाइको पोका थमादिनुहुन्थ्यो । सबैल भन्थे कान्छाबा (मेरो पिताजी) आएपछि तलका तीन गाउँदेखिका बुढाबुढी रमाउँछन् । उहाँ त सारै दयालु र उदार हुनुहुन्छ । सबैलाई माया गर्नुहुन्छ भन्थे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?