हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले उत्कृष्ट कार्य गर्ने महिला सामुदायीक स्वास्थ्य स्वयमसेविकालाई पुरस्कृत गरेको छ ।
२० औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेवीका दिवसको अवसरमा आज पाँच जना स्वयमसेविकालाई पुरस्कृत गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले बताउनुभयो ।
पालिका भित्रको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र आम नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न महत्वपुर्ण भुमिका खेल्दै आएका स्वयमसेविकाहरुलाई टसी खादा लगाएर सम्मानसँगै पुरस्कार प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताउनुभयो । जनही रु तीन तीन हजार रुपैयाँसहित टसी खादा लगाएर र प्रमाणपत्रबाट उनीहरुलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।
पुरस्कृत हुनेमा ठेहे स्वास्थ्यचौकी ललिता लामा, छिरिङ लामा बरगाउँ स्वास्थ्यचौकी, सरस्वती रावत सिमकोट, रिता शाही डाडाफया स्वास्थ्यचौकी र स्याडा स्वास्थ्यचौकीका महिला स्वयमसेवीका रहेको प्रमुख भण्डारीले बताउनुभयो ।
यस्तै “स्वास्थ्य क्षेत्रमा दिगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयम् सेवीकाको संयुक्त प्रयास” भन्ने मुल नाराका साथ जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले तललो बजारदेखि माथिल्लो बजारसम्म र्याली समेत निकालेको सोही कार्यालयका प्रमुख प्रेम सिंहले बताउनुभयो । एक कार्यक्रमका विच २० औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेवीका दिवस सम्पन्न भएको स्वास्थ्य सेवा कार्यालय प्रमुख सिंहले बताउनुभयो । यस्तै जिल्लाको अन्य नाम्खा, खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली र ताँजकोट गाउँपालिकाले समेत यो दिवस मनाएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच