नारायणगोपाल स्मृति सम्मान तारादेवी र गणेश रसिकलाई

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौँ । स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३३ औँ स्मृति दिवसका अवसरमा स्वर किन्नरी तारादेवी (मरणोप्रान्त) र सङ्गीतकार गणेश रसिक (राई) लाई सम्मान गरिएको छ ।

नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थानद्वारा आज आयोजित कार्यक्रममा कोषका अध्यक्ष उषा शेरचनले उहाँहरुलाई नारायणगोपाल स्मृति सम्मान एवं विशेष पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि जनही रु ५१ हजार रहेको छ ।

दिवङ्गत तारादेवीलाई प्रदान गरिएको सम्मान तथा पुरस्कार तारादेवी स्मृति प्रतिष्ठानका उपाध्यक्ष भूवन चन्दले ग्रहण गर्नुभयो । अग्रज स्रष्टा तारादेवीले तीन हजार पाँच सय बढी गीतमा स्वर दिनुभएको छ ।

सो अवसरमा सम्मानित व्यक्तित्व रसिकले स्वरसम्राट नारायणगोपालसँगको सहकार्यका अनुभूति सुनाउँदै उहाँको गीत सङ्गीतबिना सुगम सङ्गीत अपुरो हुने बताउनुभयो । कार्यक्रममा विभिन्न कलाकारले नारायणगोपालले गाउनुभएका विभिन्न गीत प्रस्तुत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?