काठमाडौं । सीताराम गोकुल मिल्क्स प्रालिले दशैँ, दीपावली र छठ पर्वको उपलक्ष्यमा ल्याएको ‘यसपालि सीतारामले ल्यायो, स्वाद र स्वास्थ्यको साथ बम्पर उपहार’ योजनाका विजेता घोषणा गरेको छ । सोमबार सीतारामको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारणमार्फत् लक्की ड्रमार्फत् विजेता घोषणा गरेको छ ।
विजेताले प्रथम पुरस्कारस्वरूप हाइसेन्स मल्टि डोर फ्रिज प्राप्त गरेका छन् । दोस्रो र तेस्रो विजेता क्रमशः हाइसेन्स ५० इन्च टिभी र हाइसेन्स वासिङ मेसिन प्राप्त गरेका छन् । २० जनाले सान्त्वना उपहारका रूपमा इण्डक्सन हिटर र वाटर हट पट प्राप्त गरेको कम्पनीले जनाएको छ । उक्त कार्यक्रमको सञ्चालन चर्चित हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले गर्नुभएको थियो भने रतनलाल केडिया, सुमित केडिया र रचित केडियाको उपस्थिति रहेको थियो ।
यस योजनाअन्तर्गत सीतारामका दूधजन्य उत्पादन खरिद गर्दा ग्राहकले एउटा कुपन पाएका थिए । सोही कुपनका आधारमा विजेता घोषणा भएका हुन् । सीतारामले विगत २८ वर्षदेखि दूध तथा दूधजन्य, दही, घिउ, बटर, पनिर, फ्लेबर मिल्क, लस्सीलगायत उत्पादन गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच