आजदेखि चलचित्र पत्रकारितासम्बन्धी दुई दिने कार्यशाला हुँदै

Read Time = 3 mins

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले दुई दिने कार्यशालाको आयोजना गर्ने भएको छ । काठमाडौंस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजना हुने दुई दिने ‘कार्यशाला तथा गोष्ठी’ आज र भोलिसम्म चल्नेछ । महोत्सवमा झविन्द्र भुसालले आचारसहिंता, रंग पत्रकार कृष्ण भट्टराईले पत्रकारिता हिजो र आज, फोटो पत्रकार विकास रौनियारले चलचित्र फोटो पत्रकारिता, निर्देशक प्रकाश सायमीले चलचित्रको इतिहास र समीक्षा, छायांकार विष्णु कल्पितले दृश्य भाषा र लेखन, प्रस्तोता नरेश भट्टराईले प्रस्तोता प्रस्तुतिसम्बन्धी विषयमा विषयवस्तु पस्किनुहुने छ ।

दुई दिने कार्यशालाले पत्रकारिता गरिरहेका र सुरु गरेका दुवैलाई लाभ मिल्ने संघका अध्यक्ष दिनेश सिटौलाले बताउनुभयो । ‘हाम्रो उद्देश्यनै विभिन्न माध्यममा रहेर पत्रकारिता गरिरहेकालाई अझै दक्ष बनाउनु हो । हामी आफ्नो सदस्यको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गरिरहेका हुन्छौँ’, अध्यक्ष सिटौलाले भन्नुभयो । कार्यशालामा शाखाबाट समेत सहभागिता रहने संगठन उपाध्यक्ष कुवेर डंगोलले जानकारी दिनुभयो । उहाँले मोफसलमा रहेर रंग पत्रकारिता गरिरहेकालाई यस किसिमको कार्यशालाले क्षमता बढाउन मदत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उपाध्यक्ष जीवन पराजुलीले कार्यशालाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । ‘हामीले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं । यसपटक काठमाडौंमै आयोजना गरिएको कार्यशालामा भिन्न-भिन्न माध्यममा रहेर पत्रकारिता गरिरहेकालाई उपयोगी हुने कक्षा तथा गोष्ठीको आयोजना गरेका छौं, उपाध्यक्ष पराजुलीले भन्नुभयो । कार्यक्रममा पूर्वअध्यक्षहरू विदुर गिरी, शान्तिप्रियले संघको महत्व र आवश्यकताको विषयमा छलफल गर्नुहुनेछ । यसको सहजकर्ताको रूपमा पत्रकार डब्बु क्षेत्री रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?