काठमाडौं । विगतमा आयात हुँदै आएको रेडबुल नेपालमै उत्पादन सुरु भएको छ । दुई अर्ब लगानीमा नवलपरासीमा स्थापना भएको उद्योगले मंगलबारदेखि उत्पादन सुरु गरेको छ । व्यापारिक घराना खेतान समूहले थाइल्याण्डको रेडबुल कम्पनीसँग सम्झौता गरी सरस बेभरेज प्रालि नामक उद्योग दर्ता गरेको थियो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त उद्योग उद्घाटन गर्दै थाइल्याण्डमा उत्पादन सुरु भएको रेडबुल ब्राण्ड आयात रोकिएपछि मात्रै फ्याक्ट्री नै नेपाल आएको बताउनुभयो । रेडबुल अब नेपालमै उत्पादन सुरु भएकाले रोजगारी सिर्जनाका साथै राजस्व पनि तीन गुणा बढ्ने उहाँले दाबी गर्नुभयो । मन्त्री महतले भन्नुभयो, ‘राजस्वबारे म एकदमै चिन्तित छु, परिवारमा जति धेरै आम्दानी भयो, त्यति बढी खर्च गर्ने क्षमता हुन्छ । परिवारको आवश्यकता पूर्ति गर्न सक्छ । देश भनेको पनि ठूलो परिवार-परिवार मिलेर बनेको ठूलो परिवार हो । सरकारले जति धेरै आम्दानी गर्छ । त्यति नै पूर्वाधारमा लगानी गर्छ । यसका लागि निजी क्षेत्रबाट लगानी वृद्धि हुनुपर्छ । सरकारले फ्याक्ट्री चलाएर अर्थतन्त्र विकास हुँदैन । यसका लागि निजी क्षेत्रले नै अगुवाइको भूमिका खेल्नुपर्छ । उद्यमशील नागरिकले फ्याक्ट्री चलाउनुपर्छ । सडक निजी क्षेत्रले बनाउँदैन, निजी क्षेत्रले आम्दानीका लागि ५० वर्ष पर्खिन सक्दैन । निजी क्षेत्रको शिक्षा र स्वास्थ्य सेवा सर्वसाधारणले लिन सक्दैन । त्यसकारण दीर्घकालीन लगानी राज्यले गर्छ । लगानी गर्नका लागि स्रोत चाहिन्छ । निजी क्षेत्रलाई उत्पादनमा लगाइयो भने स्रोत बनाउन सकिन्छ ।’
हाल रेडबुलको आयात प्रतिबन्ध छ । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले चार वर्षअघि सबै प्रकारका इनर्जी ड्रिंक्स नेपालमा आयात प्रतिबन्ध लगाउनुभएको थियो । खेतान समूहका अनुसार सरस बेभरेजको कार्यालय धादिङको धुनिबेंसीमा स्थापना भइसकेको छ । प्लान्ट भने नवलपरासीमा छ ।
वार्षिक १० हजार किलोलिटर जुस उत्पादन गर्ने उद्योगको लक्ष्य छ । त्यसो त विशाल ग्रुपको साउथ एसियन बेभरेज प्रालि र चौधरी ग्रुपको सिजी ब्रुअरीले पनि लाइसेन्सका लागि आवेदन दिएका थिए । तर, उद्योग विभागले खेतान ग्रुपलाई लाइसेन्स दिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच