लागुऔधषसहित एक जना पक्राउ

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले लागुऔधषसहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले रामग्राम नगपरापालिकाकोे वडा नं.  ४ स्थित केरवानीको भित्रि सडकमा लागुऔधषसहित एक जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी नायब निरीक्षक बिष्णुराज तिमल्सेनाको कमाण्डमा खटिएको प्रहरी टोलिले नियमित चेकजाँच गर्ने क्रममा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु ६४ प ३७८७ नं को मोटरसाईकललाई ल्याउदै गरेको मोटरसाइकल चेकजाँच क्रममा उक्त लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक डिएसपी रेशम बोहराले जानकारी दिनु भयो ।

बोहराका अनुसार लागु औषध सहित पक्राउ पर्नेमा जिल्ला नवलपरासी पाल्हिनन्दन गाउँपालिका वडा नं. ४ लोहरौली बस्ने वर्ष २१ को सागर गुप्ता साथबाट लागुऔष बरामद गरिएको हो । गुप्ताले लु ६४ प ३७८७ नं.को मोटरसाईलमा कालो रङ्ग झोलामा बोकेको लागुऔषध डाइजपा १९८ एम्पुल, फेनारागन १९८ एम्पुल, नुफीन १९६ एम्पुल , एम्पुल, हिरोईन जस्तो देखिने खैरो पदार्थ १२ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको नियमित चेकजाँच क्रममा दक्षिणबाट उत्तरतर्फ आउदै गरेको लु६४ प ३७८७ नं. मोटरसाईलमा सवार ३ जना मध्ये २ जना फरार भएकाेले उनीहरुकाे पनि खोजिकार्य तथा थप अनुसान्धन कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?