
काठमाडौं । रमेश कर्पले मंगलबार बोन्जोय ट्राभल प्रालिसँग सहकार्यका लागि सम्झौता गरेको छ । सहकार्यले रमेश कर्पको आधिकारिक ट्राभल पार्टनर बोन्जोय ट्राभल प्रालिसँगको रणनीतिक साझेदारीको सुरुवातलाई जनाउने कम्पनीले जनाएको छ । रणनीतिक साझेदारी विशेषगरी निर्बाध र समृद्ध यात्रा र सर्वोत्कृष्ट यात्रा-सम्बन्धित सेवा प्रदान गर्ने उद्देश्यले गरिएको बताइएको छ ।
सेवाहरू झन्झटमुक्त टिकटिङ सुविधा, निर्पुण भिसा सहायता, विचारपूर्वक बनाइएका टुर प्याकेज र सुविधाजनक होटल बुकिङदेखि सजिलो यातायात साधन, छिटो प्राथमिकता चेक-इन सेवा र व्यक्तिगत बैठक र अभिवादन सेवालगायत रहेको कम्पनीले जनाएको छ ।
रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले भन्नुभयो, ‘हाम्रा हितग्राहीलाई अनुपम सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा हामी बोन्जोय ट्राभल प्रालिसँग हात मिलाउन पाउँदा हर्षित छौँ । यो रणनीतिक साझेदारीले हाम्रा कर्मचारी र ग्राहकको यात्रा अनुभव सरल र उत्साहजनक बनाउने हाम्रो दृष्टिकोणसँग मेल खान्छ । ट्राभल उद्योगमा बोन्जोय ट्राभलको विशेषज्ञताले उनीहरूलाई हाम्रा लागि एक आदर्श साझेदार बनाउँछ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच