जिल्ला अस्पताल खोटाङको बजेट ५ करोड ९९ लाख ७१ हजार

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । जिल्ला अस्पताल खोटाङलाई झण्डै ६ करोड बजेट आएको छ । अस्पताल सञ्चालन गर्न कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८०/२०८१ का लागि ५ करोड ९९ लाख ७१ हजार वजेट आएको हो ।

जिल्ला समन्वय समितिले बुधबार समन्वयको सभाहलमा आयोजना गरेको चालू आर्थिक वर्ष २०८०/२०८१ को स्वीकृत र पारित बार्षिक विकास कार्यक्रम प्रस्तुती र छलफलमा जिल्ला अस्पतालका निमित्त प्रमुख एमडीजीपी डाक्टर चतुरानन्द यादवले विभिन्न ७ उपशीर्षकमा उक्त वजेट आएको जानकारी दिनुभयो । डा. यादवका अनुसार प्रथम चौमासिक(साउन–कार्तिक)मा १ करोड १८ लाख २५ हजार २१७ रुपैयाँ अर्थात १९.७१ प्रतिशत वजेट खर्च भएको छ ।

अस्पतालका लागि परिवार कल्याण कार्यक्रम उप–शीर्षकमा १ करोड ६ लाख २१ हजार, नर्सिङ तथा सामाजिक सुरक्षा सेवा कार्यक्रम उप–शीर्षकमा ३० लाख, अस्पताल सेवा सुदृढिकरण तथा विस्तार कार्यक्रम उप–शीर्षकमा ५ लाख, परिवार कल्याण कार्यक्रम उप–शीर्षकमा ७ लाख, अस्पतालहरु उप–शीर्षकमा ३ करोड २७ लाख, स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम उप–शीर्षकमा ४ लाख, अस्पताल सेवा सुदृढिकरण तथा विस्तार कार्यक्रम उप–शीर्षकमा १ करोड २० लाख ५० हजार वजेट आएको जानकारी दिईएको छ।

अस्पताल विकास समितिले प्रथम चौमासिक(साउन–कार्तिक)मा ३८ लाख ३२ हजार ३९८ रुपैयाँ राजस्व संकलन गरेकामा प्रथम चौमासिकमै ३३ लाख ४९ हजार ८० रुपैयाँ खर्च भएको छ । ४ लाख ८३ हजार ३१७ रुपैयाँ वजेट मौज्दात रहेको छ ।

ओपिडीमा १४ हजार ४३१ जनालाई सेवा प्रवाह

जिल्ला अस्पतालले साउनदेखि कार्तिक मसान्तसम्म ओपिडीमा १४ हजार ४३१ जनालाई सेवा दिएको छ । सेवा लिनेमा ८ हजार ८८५ जना महिला र ५ हजार ५४६ जना पुरुष छन् । आकस्मिकमा ७ हजार ३११ जनालाई सेवा दिईएको छ । आकस्मिक सेवा लिनेमा ४ हजार ४२ जना महिला र ३ हजार २६९ जना पुरुष छन् ।

चौमासिकमै अस्पतालमा २ महिला, ४ पुरुष गरी ६ जनाको उपचारका क्रममा ज्यान गएको छ । ७ जना महिला, १० जना पुरुष गरी १७ जनाको पोष्टमार्टम गरिएको छ। ४ हजार ४९४ जनाले एक्सरे, ८६८ जनाको ईसिजी, १ हजार ७१२ जनाको युएसजी गराएका छन् ।

अस्पतालका अनुसार ५ हजार ४१३ जनाले ल्याबको सुविधा लिएका छन् । १३४ जना गर्भवती जाँच, ९० जनाको प्लास्टर, ५२ जनाले गर्भपतन, ५८५ जनाले चौथो पटक गर्भवती जाँच, १२३ जनाले आठौ पटक गर्भवती जाँच, ६७ जनाले डिपो, २२ जनाले पिल्स, ३५ जनाले इम्प्लान्ट, ४३ जनाले रिङ प्रेसरी राखेका छन् ।

यसैबिच, जिल्ला अस्पतालमा बिहान साढे ९ बजेबाट ओपडी टिकट खुला हुन थालेको छ । १० बजेबाट ओपिडीमा स्वास्थ्य जाँच सुरु हुने डा.यादवले बताउनुभयो । यो सुविधा १५ फाल्गुणसम्म हुनेछ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?