आइएमई लाइफका ३४ जनालाई एमडिआरटी सम्मान

Read Time = 2 mins

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सका बीमा अभिकर्तामध्ये सन् २०२३ का लागि एक सिओटीसहित ३४ जना एमडिआरटी सम्मानित भएका छन् । कम्पनीले माघ ४ गते एक कार्यक्रमबीच अभिकर्तालाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा शारीरिकरूपमा विशेषरूपले सक्षम डडेल्धुरा शाखाका नरेन्द्रसिंह भाटसमेत हुनुले काम गर्न दृढ संकल्प भएमा जे पनि गर्न सकिने उदाहरणसमेत स्थापित भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले बताउनुभयो । कम्पनीको समयसापेक्ष बजार नीतिका कारण सम्पूर्ण अभिकर्ता उत्प्रेरित भएकाले अहिलेको आर्थिकरूपले विषम परिस्थितिमा समेत उल्लेख्य संख्यामा बीमा अभिकर्ताले एमडिआरटी उपलब्धि हासिल गरेको कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले बताउनुभयो ।

एमडिआरटी अर्थात् मिलियन डलर राउण्ड टेबल सन् १९२७ मा रजिष्टर भएको एमडिआरटी एक विदेशी संस्था हो । जहाँ ७२ देशका पाँच सय कम्पनीको सहभागिता छ भने प्रधान कार्यालय अमेरिकामा रहेको छ । संस्थामा बीमा क्षेत्र र फाइनान्सियल क्षेत्रका मानिस सहभागी हुन पाउँछन् । संस्थामा सदस्यता लिएका इन्स्योरेन्स कम्पनी र फाइनान्सियल संस्थामार्फत् तोकेको समयमा टार्गेट पूरा गरेका अभिकर्ताले सहभागी हुन पाउने व्यवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?