लालुपाते सहकारी प्रकरणमा चारजना कारागार चलान, पाँचजना धरौटीमा छुटे

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङको दिक्तेलबजारमा अवस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रकरणमा चारजना कारागार चलान भएका छन् ।

खोटाङ जिल्ला अदालतमा १३ मंसिरमा दर्ता भएको ठगी सम्बन्धी कसूरका ३५ प्रतिवादीमध्ये चारजना बिहीबार कारागार चलान भएका हुन् ।

पुर्पक्षका लागि कारागार चलान हुनेमा सहकारीका तत्कालिन अध्यक्ष मृतक अनिल जोशीका भाई बुढानिलकण्ठ नगरपालिका–११ कपनका ४३ वर्षीय सुनिल जोशी, जोशीका श्रीमती ४२ वर्षीया रविना श्रेष्ठ, प्रबन्धक काठमाण्डौ महानगरपालिका–८ जयबागेश्वरीका २७ वर्षीया रुकु श्रेष्ठ र ऋणी पोखरा महानगरपालिका–२६ लेखनाथ अर्चलेका ३५ वर्षीया जसुदा पौडेल क्षेत्री रहेकोे खोटाङ जिल्ला अदालतका श्रेस्तेदार सिताराम खड्काले बताउनुभयो ।

सहकारीका लेखा समिति संयोजक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ५१ वर्षीय प्रितम श्रेष्ठ, लेखापाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी ३४ वर्षीया सुमना राई र कोषाध्यक्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी ३५ वर्षीया रमा शाक्य १०–१० लाख र सहकारी सञ्चालक समितिका उपाध्यक्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउँरीडाँडाका ३२ वर्षीय अर्जुन चौलागाँई र सचिव ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका मनोज राई ५–५ लाख धरौटीमा छुटेको श्रेस्तेदार खड्काले बताउनुभयो ।

अन्य २६ जना प्रतिवादी अदालतमा हाजिर भएपछि साँक्षी प्रमाण बुझेर मात्रै फैसला हुनेछ ।

बचतकर्ता पदम कुमारी सैंजु समेत २६५ जना बचतकर्ताको जाहेरीमा सहकारी विरुद्ध ४ करोड ४० लाख ६१ हजार १८ रुपैयाँ बिगो मागदाबीसहित सरकारी वकीलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम १३ मंसिरमा जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?