लण्डन । खराब लयबाट गुज्रिरहेको म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्तर्गतको खेलमा चेल्सीलाई पराजित गरेको छ । घरेलु मैदानमा दुई-एकको जित निकाल्ने क्रममा युनाइटेडका लागि स्कट मक्टोमिनेले दुवै गोल गर्नुभयो । चेल्सीका लागि भने कोल पाल्मरले एक गोल गर्नुभयो । १९औँ मिनेटमा युनाइटेडले अग्रता लिन सफल भयो । हृयारी मग्वायरको प्रहार ब्लक भएपछि रिबाउन्डमा मक्टोमिनेले गोल गर्दै खेलमा अग्रता दिलाउनुभयो । तर, पहिलो हाफको अन्तिम समयमा चेल्सीले खेलमा बराबरी गर्यो । मुखाएलो मुड्रिकको पासमा पाल्मरले बक्सभित्रबाट सटिक फिनिस गर्दै खेल बराबरीमा ल्याउनुभयो ।
६९औँ मिनेटमा युनाइटेडले खेलमा पुनः अग्रता लियो । अलेहान्द्रो गार्नाचोको क्रसमा मक्टोमिनेले हेडरमार्फत् विजयी गोल गर्नुभयो । जितपछि युनाइटेड १५ खेलमा २७ अंक जोड्दै छैटौँ स्थानमा छ । उता पराजित चेल्सी भने समान १५ खेलमा १९ अंकसहित दशौँ स्थानमा छ ।
यस्तै साबिक विजेता म्यानचेस्टर सिटीले एस्टन भिल्लाको मैदानमा हार बेहोरेको छ । भिल्लाले एक-शून्यको जित दर्ता गरेको हो । खेलको ७४औँ मिनेटमा लिओन बेलीले गरेको गोल नै खेलमा निर्णायक साबित भयो । उहाँले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार डिफेन्डर रुवेन डियासलाई लाग्दै गोल भएको थियो ।
पछिल्लो खेलमा टोटनहम हट्सपरसँग बराबरीमा रोकिएको सिटी लगातार दोस्रो खेलमा जित निकाल्न नसक्दा अंक तालिकाको चौथो स्थानमा खसेको छ । सिटीको १५ खेलमा ३० अंक छ ।
भिल्लाले भने १५ खेलमा ३२ अंक जोड्दै तेस्रो स्थानमा छलाङ मारेको छ । शीर्षस्थानको आर्सनलको ३६ र लिभरपुलको ३४ अंक छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच