काठमाडौं । काव्य आचार्य र समिर आचार्यको स्वरमा रहेको गीत ‘खै के हो...’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द/संगीत, नरेन्द्र वियोगिको एरेञ्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको लिप्सिङ भिडियो सार्वजनिक भएको हो । सुजन शर्माको निर्देशन रहेको गीतको भिडियोमा रामकुमार केसीको छायांकन र टेकेन्द्र शाहको सम्पादन छ ।
नेपाली गीत गायनमा नारी हस्ताक्षरमा आफूलाई सशक्तरूपमा अग्रपंक्तिमा उभ्याएको नाम हो काव्य आचार्य । भगवान् गौतम बुद्धको क्रीडास्थल कपिलवस्तुको कोपवा-९ मा जन्मिनुभएकी काव्य सानैदेखि गीतसंगीत भनेपछि हुरुक्क हुनुहुन्थ्यो । त्यही सानैदेखिको लगावले यतिबेला उहाँ आफ्नो पहिचान बनाउन सफल हुनुभएको छ । उहाँले एउटा राम्रो प्रतिभाका रूपमा नेपाली सांगीतिक फाँटमा आफूलाई स्थापित गर्नुभएको छ । सानोमा नृत्य भनेपछि अत्यधिक लगाव राख्ने काव्य आचार्यको सांगीतिक छवि यतिबेला उचाइतर्फ मोडिएको छ ।
सानैदेखिको लगावले आज काव्य आचार्य गायिकाको अग्रपंक्तिमा उभिनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा स्नातकोत्तरसमेत गर्नुभएकी काव्यले राम्रो गीत सिर्जना गर्नुका साथै राम्रो संगीत पनि गर्ने गर्नुहुन्छ । उहाँको स्वरको जादुसँगै संगीत र शब्दको सिर्जनामा पनि उत्तिकै सिर्जनशीलता छ । शब्द, संगीत र गायनको त्रिवेणीमा उहाँ रम्नुभएको छ । उहाँको पहिलो गीत ‘चरीले गुँड छाडेर गयो’ रहेको थियो भने बजारमा ल्याएको पहिलो आधुनिक गीति-एल्बम ‘काव्य’ थियो ।
काव्यका ‘किन आज धेरैपछि’, ‘चरीले गुँड छोडेर गयो’, ‘घैया मकै है सानु’, ‘माछा तारेको’, ‘औँठी चिनो छ’, ‘बाध्यताले छुट्नु परेको’, ‘परेलीको आँशु’, ‘ओए कमला’, ‘सैयाको मायाजाल’, ‘दिलमा सजाउँछु तिमीलाई’, ‘निचोरेर मुटु दिएँ’, ‘आज मेरो मनको दियो’, ‘धर्ती’, ‘छुट्यो मायाजाल’, ‘भिरको मौरी’, ‘ऐना र काइँयो’ लगायतका गीत औधि मन पराइएका छन् । श्रोता दर्शकमाझ दुई सयभन्दा बढी गीत ल्याउनुभएकी उहाँ मीठो स्वरकी धनी हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच