जुवातास खेल्दाखेल्दै सात जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं ।  काठमाडौं महानगरपालिका-३० मैतीदेवी बस्ने ४६ बर्षीय निरज खड्गीको घरमा जुवातास खेलिरहेको अवस्थामा खड्गी समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ८६ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?